sunwal

परासीमा खाना महोत्सव सुरु

364

कृष्ण ढकाल
बर्दघाट,फागनु–१२
नवलपरासीको सदरमुकाम परासीमा सोमबार देखि खाना महोत्सव सुरु भएको छ । पहिलोपटक आयोजना गरीएको उक्त सडक खाना महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारहरुका साथमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरीएको छ ।
शिवरात्री पर्वलाई लक्षीत गरी खाना महोत्सव आयोजना गरीएको आयोजक संस्था आदिवासी जनजाति महासंघ रामग्राम नगर समन्वय परिषद्ले जनाएको छ। सडकमै खाने र सडकमै रमाउने गरी परासीको घण्टाघर चोकदेखि बाइपास सडकसम्म सडक खाना महोत्सव लगाईएको छ ।
सडक खाना महोत्सवमा मगर, थारु, गुरुङ, यादव, क्षेत्री समाज लगायतका ४० बढी खानाका स्टलहरू राखीएको छ । फाल्गुन १२ र १३ गते दुईदिन सम्म हुने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक पहिरन, झाँकी प्रदर्शन गरिएको थियो । त्यसैगरी महोत्षवमा विभिन्न जातजातिको पहिचान सहितको नृत्य तथा भाषाभाषीका गीत प्रस्तुत गरिएको जनजाति महासङ्घ रामग्रामका अध्यक्ष भवानी शंकर चौधरीले बताउनुभयो ।