sunwal

देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद

489

प्रदिप पाठक
सुनवल,फागुन–११
पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि अभिभावक भेला प्रति तिन दलका प्रमुखले असहमति जनाएका छन।

विद्यालयले फागुन ११ गते वोलाइएको भेला प्रति असहमति जनाउदै नेपाली कांग्रेस,नेकपा एमाले र राप्रपाले सयुक्त विज्ञप्ती जारी गरि भेला स्थगित गर्न माग गरेका छन।भेला गराए हुन सक्ने जुनसुकै घटनाको जिम्मेवारी प्रध्यानाध्यापकले लिनुपर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।विद्यालय भएको आर्थिक अनियमिता,भ्रष्टचारलाई ढाकछोप गर्ने उद्देश्यले प्रध्यानाध्यापकले स्वच्छाचारी रुपले अभिभावक भेला वोलाएको भन्दै छानविन गर्न समेत माग गरेका छन। विज्ञप्तीमा नेपाली कांग्रेस नगर सभापति सोम वहादुर रायमाझि,नेकपा एमाले नगर अध्यक्ष मुक्ति वहादुर भण्डारी, राप्रपा नगर अध्यक्ष दिल कुमारी वुढाथोकिले हस्ताक्षर गरेका छन।

यता तिन दलको विज्ञप्तीमा स्वयम नेपाली कांग्रेस,माओवादी केन्द्र, रास्वपा, नेकपा माले लगाएतले विज्ञप्ती तथा समाजिक सञ्जालमा असहमति जनाएका छन।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा नगर संयोजक यामलाल पाण्डे, नगर सचिव प्रकाश वारघरे र सहसचिव गंगा चपागाईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा नेपाली कांग्रेस नगरले छलफल र निर्णय नै नगरि नगर सभापति द्धारा हस्ताक्षरित विज्ञप्तीमा कुनै आधिकारीकता नभएको जनाइएको छ।अदालतको फागुन ९ को निर्णयलाई सम्मान गर्दै अभिभावक भेलामा उपस्थित हुन अनुरोध विज्ञप्ती मार्फत गरिएको छ ।

त्यस्तै माओवादी केन्द्रका सुनवल नगर अध्यक्ष मोहन कार्किद्धारा हस्ताक्षरित विज्ञप्तीमा केहि राजनैतिक दलले अदालतको मानहानी हुने गरि जारी गरिएको विज्ञप्ती प्रति ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्तै रास्वपाका नेता युवराज ढकालले सुनवल नगरपालिकाले नमुना विद्यालयमा गरेको चरम राजनिति वन्द गरोस भन्दै  अभिभावक भेला सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन।

त्यस्तै राप्रपा केन्द्रीय सदस्य देवि घिमिरेले सम्मानीत अदालतको फैसाल वैधानिक हुने भएकोल फागुन ११ गतेको भेला प्रति आफु पुर्ण सहमति भएको जनाएकी छन।

त्यस्तैगरी नेकपा मालेका नेता भरत पाण्डेले विद्यालय जस्तो पवित्र ठाँउमा दलगुठ र व्यक्तिको लागी संकिर्ण,स्वार्थी कलंकित अभिप्राय राख्न नुहने भन्दै समस्याको समाधान गर्नुपर्ने वताए।

विद्यालय व्यवस्थापन समितिको म्याद माघ २६ गते सकिएको थियो।म्याद समाप्त हुनु अघि नै नगरपालिकाको पत्र बमोजिम विद्यालयले माघ ४ गते व्यवस्थापन समिति गठनका लागि भेला आह्वान गरेको थियो। तर,नगरपालिकाले एकाएक उक्त भेला स्थगित गर्दै ‘हिरक जयन्ती’को बहानामा माघ ९ गते पत्र पठाएर समितिको म्याद २०८१ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो।

विद्यालयले व्यवस्थापन समिति गठनका लागि भेला बोलाउने,नगरपालिकाले पुरानो समितिको म्याद थप गर्ने, भेला स्थगित गर्ने, विद्यालय व्यवस्थापन समितिमा सदस्य तोक्ने र प्रधानाध्यापक सरुवा गर्ने जस्ता निर्णयहरू अदालतसम्म पुगेका थिए।

अदालतले विभिन्न मितिहरूमा नगरपालिकाका चारवटा निर्णयमाथि रोक लगाइसकेको छ।

यस आदेशपछि विद्यालयले शिक्षक अभिभावक संघको माघ २८ गतेको बैठकको निर्णयअनुसार फागुन ११ गते समिति गठनका लागि भेला बोलायो। तर, नगरपालिकाको नगर शिक्षा समितिले माघ २९ गतेको बैठकबाट रामजी प्रसाद चापागाईं, गोविन्दप्रसाद ढकाल, कल्पना न्यौपाने र अनरौती तेलीलाई व्यवस्थापन समितिको सदस्य पदमा जिम्मेवारी दिएको थियो।

नगरपालिकाले प्रधानाध्यापक खेमलाल शर्मालाई सरुवा गरेर भए पनि व्यवस्थापन समिति गठनको प्रयास गरेपछि अदालतले पुनः हस्तक्षेप गरेको छ। प्रधानाध्यापक शर्माले नगरपालिकालाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणयुक्त परमादेश मुद्दामा अदालतले फागुन ११ गतेको भेलालाई कार्यान्वयन गर्न सक्ने गरी र प्रधानाध्यापकलाई सरुवा नगर्न फागुन ५ गते अन्तरिम आदेश दिएको छ।

माघ १८ को पत्रमा वोलाइएको अभिभावक भेलालाई असर नपर्ने गरी निवेदकलाई सरुवा वा काजका लागि रमाना दिने, प्रधानाध्यापकको हैसियतले गरिँदै आएको काममा बाधा पु¥याउने, हाजिर गर्न नदिने जस्ता कार्य नगर्नु नगराउनु भनि विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विद्यालयमा देखिएको राजनैतिक गतिविधिले अभिभावकहरु आफ्ना छोराछोरीको भविष्य प्रति चिन्तीत वनेका छन।