sunwal

बीरगंज युनाईटेड,बिरगंज सेमिफाईनलमा प्रवेश

415

कृष्ण ढकाल

बर्दघाट,फागुन–१०

नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाईनल राउण्ड दोस्रो दिनको खेलमा देबदह ब्वाइज रुपन्देहीलाई पराजित गर्दै बीरगंज युनाईटेड,बिरगंज सेमिफाईनलमा प्रवेश गरेको छ ।

पहिलो हापको शुरुमा १ गोल गरी खाता खोलेको देबदह ब्वाइज रुपन्देहीलाई तत्काल केहि मिनेटमा नै बीरगंज युनाईटेड,बिरगंजले जवाफी गोल फर्काए पछि पहिलो हापमा खेल १/१ गोलको बरावरीमा रहेको थियो ।

दोस्रो हाप लगत्तै फेरी बीरगंज युनाईटेड,बिरगंजले अर्काे गोल गरी लामो समय सम्म अग्रस्थान कायम राख्न सफल भैरहदा खेलको दवावमा परेको देबदह ब्वाइज रुपन्देहीले खेल समापनको केहि मिनेट बाँकी रहदा बीरगंज युनाईटेड,बिरगंजलाई जवाफी गोल फर्काउने गरी गोल गरेपछि प्रतियोगिताको निर्धारित समयमा दुबै टिमले २÷२ गोल गरेका थिए ।

निर्धारित समयमा दुबै टिम बराबरीमा भएपछि खेल ट्राईब्रेकरमा गएर टुङ्गीएको थियो । ट्राईब्रेकरमा देबदह ब्वाइज रुपन्देहीलार्ई ४ का विरुद्ध ५ गोल गरी बीरगंज युनाईटेड,बिरगंज सेमिफाईनलमा प्रवेश गरेको छ । आजको खेलमा म्यान अफ दि म्याच बीरगंज युनाईटेड,बिरगंजका जर्सी नं. १ का दिलमारी चौधरीहुन सफल भएका थिए भने आजको खेलमा बीरगंज युनाईटेड,बिरगंज का बिक्रम थोकर र देबदह ब्वाइज रुपन्देही अविनाश स्यान्तानले रातो कार्ड पाएका थिए ।

स्वदेश तथा विदेशका १० टिमले सहभागिता जनाएको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगितामा प्रथमहुने टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरी उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष धनसिंह चिताउरेले बताउनु भएको छ । प्रतियोगिता बर्दघाट नगरपालिका वडा नं. १६ मा रहेको सूर्यनगर रंगशालामा भएको छ ।