कृष्ण ढकाल
बर्दघाट,फागुन–९
उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिको आयोजनामा उपभोक्ताको अधिकार र कर्तब्य बिषयक वृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बर्दघाट नगरका सामुदायिक विद्यालयहरु तर्फका ११ वटा माध्यामिक विधालयमा गठीत उपभोक्ता सचेतना क्लबका बिधार्थीहरु विच भएको प्रतियोगितामा १ सय १४ दशमलब ५ अंक प्राप्त गरी दिब्य ज्योती मा.बि.का भुवन बराल प्रथम भएका छन ।
त्यसैगरी राष्ट्रिय माबि की छात्रा दिक्षा पाण्डेले १ सय ७ अंक प्राप्त गरी दोस्रो स्थान हाँसिल गरेकी छन भने दाउन्ने देवि मा.बि.की अनुस्का ढकालले १ सय २ अंक प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेकी छन । ११ वटा उपभोक्ता सचेतना क्लबहरु मध्ये ८ वटा क्लबले मात्रसहभागिता जनाएको उक्त प्रतियोगितामा शान्ति निकुञ्ज मा.बि. का शााहिद मियाँ सान्त्वोना स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा बर्दघाट नगरपालिका उद्योग शाखा प्रमुख पशुपति गैरे निर्णय मण्डलका संयोजक तथा शिक्षा शाखाका कर्मचारी धनपति पौडेल र उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आर्चाय सदस्य रहनु भएको थियो । तिनै जनाको छुट्टा छुट्टै पचास पचास पूर्णअंक रहनेगरी उक्त प्रतियोगिता सञ्चालन गरीएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आर्चायको अध्यक्षता सचिव कुस्माकर ढकालको सञ्चालन र सदस्य माधब अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम दाउन्ने देवि मा.बि बर्दघाटमा सञ्चालन गरीएको थियो ।