डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु,संचालक सहित तीन जना पक्राउ
बर्दघाट,फाल्गुण–२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३मा रहेको एक डान्स बारमा भएको कुटपिट बाट एक जनाको मृत्यु भएको छ । युवाहरु बिच एक आपसमा बिवाद हुदा घटना घटेको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबिच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो । घटना गत माघ २८ गते मध्यराती भएको भएपनि घटनामा घाईते भएका प्रतापुर गाँउपालिका वडा नम्बर ९ खैरेनिका बर्ष ४५ का सन्त बहादुर चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका संञ्चालक राकेश हरिजन सहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोहि स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।
डान्सबार भित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाईते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्धा दायर भै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।