कृष्ण ढकाल
बर्दघाट,फागुन–१
शिक्षालाई श्रमसंग , श्रमलाई उत्पादनसंग र उत्पादनलाई रोजगारसंग नजोड्दा सम्म युवा पलायन रोक्न नसकिने संघिय सभासदस्य सरिता भुषालले बताउनु भएको छ ।
दिब्यज्योति बहुमुखी क्याम्पस,बर्दघाट–२,चिसापानीको पुस्तकालय भवन शिलन्यास कार्यक्रममा बोल्दै संघिय सांसद भुषालले उक्त कुरा बताउनु भएको हो ।
भौतिक संरचनाले सम्पन्न हुदैमा कुनैपनि क्यामपसहरु राम्रा नहुने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्राविधक क्यम्पस बर्दघाट क्ष्ँेत्रमा आवश्यकता रहेको सांसद भुषालले बताउनु भएको थियो ।
त्यसैगरी शिक्षालाई आर्दशमुखि बनाएर नहुने भन्दै अब गरी खाने शिक्षाका रुपमा परिमार्जन गर्न जरुरी रहेकोमा सांसद भुषालले जोड दिनु भएको थियो ।
दिब्यज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता र सांसद सरिता भुषालको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय भवन शिलन्यास कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरबाट अन्यत्र पढ्नजाने बिधार्थीहरुलाई गुणस्तरीय शिक्ष्ाँ प्रदान गरी नगरमा नै रोक्न सफल भएको बताउनु भएको थियो ।
त्यस्तै क्याम्पस ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष वृहस्पति अधिकारीले नगरक्ष्ँेत्र भित्रका समान उद्धेश्य भएका क्याम्पसहरु मर्च गरेर अघिबढ्नु पर्नेमा जोडदिनु भएको थियो ।
सांसद भुषालको पहलमा सघन शहरी तथा भवन निमार्ण आयोजना ,चितवन मार्फत १ करोडको लागतमा निमार्ण गर्न लागिएको पुस्तकालय भवन शिलन्यास कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,वडाध्यक्ष गणेश बहादुर क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।
क्याम्पस प्रमुख सागरमणी पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएकोे कार्यक्रम प्रध्यापक शेषकान्त पौडेलले सञ्चालन गर्नु भएको थियो ।
त्यसैगरी संघिय सभासदस्य सरिता भुषालले आज नै प्रतापपुर–६ हरपुरमा रहेको मदरसा मदीनतुल ओलुमको छात्रावास भवनको समेत शिलन्यास गर्नु भएको छ । सो अवसरमा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेकपा एमालेका जिल्ल अध्यक्ष तथा निर्वतमान लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारी,दिब्यज्योती बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसादपौडे,नेकपा एमाले स्कुल विभागका केन्द्रिय सदस्य बद्री खनाल लगाएको उपस्थिती रहेको थियो ।
मदरसा मदीनतुल ओलुमको छात्रावास भवन निमार्णका लागि सांसद भुषालको पहलमा सघन शहरी तथा भवन निमार्ण आयोजना ,चितवन मार्फत १ करोडको बिनियोजन भएको छ ।