sunwal

बर्दघाट नगरद्धारा किशोर किशोरीमैत्री स्वास्थ्य संस्था भएको घोषणा

265

कृष्ण ढकाल
बर्दघाट,माघ–२८
बर्दघाट नगरपालिकाले आफ्नो नगरका सबै स्वास्थ्य संस्थाहरु किशोर किशोरीमैत्री स्वास्थ्य संस्था भएको घोषणा गरेको छ । सोमवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगर स्वास्थ्य समन्वय समितिका अध्यक्षत तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठले किशोर किशोरीमैत्री स्वास्थ्य संस्था भएको प्रमाणीकरण तथा घोषणा गर्नु भएको हो । सो अवसरमा उहाँले घोषणा गरीएका कामहरुलाई निरन्तरता दिने प्रतिघता समेत जाहेर गर्नु भएको थियो ।

१७ वटा स्वास्थ्य संस्थाहरु रहेको बर्दघाट नगरका अधिकांश स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्न ४५ सुचकमा ८० प्रतिशत बढी सुचाङ्क पुरा गरेपछि घोषणा गरीएको बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्ययाले नगरले बिभिन्न प्रकारका अभियान तथा घोषणा कार्यक्रमहरु गरिरहेको र त्यसको निरन्तरता दिन आवश्य रहेको बताउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सचेतना मुलक कविता मार्फत सबैलाई एक भएर लाग्न आग्रह गर्नु भएको थियो ।

घोषणा कार्यक्रममा बर्दघाट नगरका भौतिक तथा पुर्वाधार विकास समितिका संयोजक चन्द्रकान्त चापागाई, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने,बर्दघाट प्रेस क्लबका अधयक्ष कुस्माकर ढकाल, पञ्चनगर स्वास्थ्य संस्थाका प्रमुख बाबुराम तिमिलसिना लगाएतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
बर्दघाट नगरका सबै स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यमा ग्रिनतारा नेपालले समेत सहयोग गरेको छ ।

बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको अधयक्षता र नगर स्वास्थ्य समन्वय समितिका अध्यक्षत तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सहयोग गर्ने सबै स्वास्थ्य संस्थाका ब्यवस्थापन समिति,कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई सम्मान समेत गरीएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलले गर्नु भएको थियो ।