कृष्ण ढकाल
बर्दघाट,माघ–२०
राधाकृष्ण युवा क्लब, बुटवल ५ र ६ को १८औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ ।
१९ गते शनिवार सम्पन्न ८औं अधिवेशनबाट क्लबको अध्यक्षमा रिम बहादुर सारु सर्वसम्वत रुपमा चयन हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार भट्टराई ,उपाध्यक्षमा सुमित खनाल,सचीवमा शंकर परियार,कोषाध्यक्षमा विश्वजित ताम्राकार र सह(सचिवमा कविता सुनार चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक विरमान लामाले जानकारी गराउनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा सन्तोष भण्डारी,दिनेश पाण्डे,शुशान्त राज पाण्डे,अमृत मल्ल,बिक्रम तिवारी,पदमा नेपाली र सङिता रणपाल रहनु भएको छ । विरमान लामा संयोजक रहेको निर्वाचन मण्डलमा केशव बराल र नारायण प्रसाद खनाल सदस्य रहनु भएको थियो ।
समय– समयमा विभिन्नखालका खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने,रक्तदान क्याम्प आयोजना गर्ने देखि आपत्कालीन अवस्थामा राहत वितरण, सहयोग सामग्रीहरू जुटाउने, र प्रभावित क्षेत्रहरूमा सेवा प्रदान गर्ने जस्ता समाजिक कार्यमा अग्रसर हुदै आएको बुटवलमा स्थापित राधाकृष्ण युवा क्लब, बुटवलले अहिले सम्म आफ्नो छुट्टै पहिचान बनाएको र अबका दिनमा अझ सक्रिय बनाउनका लागि आफुले रिम बहादुर सारुको टिमलाई नेतृत्व हस्तान्त्रण गरेको क्लबका निर्वतमान अध्यक्ष यम बराल (सानु) ले बताउनु भएको छ ।
सामाजिक विकासमा युवाहरुको योगदान महत्वपूर्णः अर्याल
राधाकृष्ण युवा क्लबको १८ औ साधारण सभा तथा ८ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेसनसंगै क्लबको नवनिर्मित भवनको समेत बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै सामाजिक विकासमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताए । युवाहरुलाई कुलतबाट बचाउदै खेल र सामाजिक क्षेत्रमा अग्रसर गराउन क्लबको महत्पूर्ण योगदान रहेको भन्दै यहा रहेका अन्य क्लबसमेत राधाकृष्णको कामलाई अनुसरण गर्न आग्रह गरिन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का हरिप्रसाद श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल यातायात संघका रबिन्द्रमान श्रेष्ठ, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, लुम्बिनी फलफुल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल, क्लबका सल्लाहकार बिरमान लामा, विष्णु पुरी, यादव गैरे, परियार समाजका अध्यक्ष लोक बहादुर परियार कृष्ण पोखरेलले युवा सशक्तिकरणको अभियानलाई राधाकृष्ण क्लबबाट अप्नाएको भुमिकालाई मुल्यांकन गरि स्थानिय पालिका लाग्न सके नगरमा युवाहरुको दिशानिर्देश हुने बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष यम बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबलाई भौतिक र संस्थागत विकास गर्ने गरि काम गर्दै आएको बताए । आफ्नै भवनसहित युवाहरुलाई विभिन्न तालिम, अभिमुखिकरण कार्यक्रम गर्दै आएको उनले बताए । समुदायमा कलासंस्कृति जगेर्ना र क्लबका सदस्यहरुलाई नृत्य प्रशिक्षण र प्रतिभाप्रस्फुटनका कार्यक्रम गर्दै आएको छ । क्लबको आम्दानी सुनिश्चितता गर्न भवनलाई उपयोग गरिने बताए । शारीरिक ब्यायामशाला संचालन गरि कुलतमा युवाहरुलाई लाग्न रोक्ने लक्ष्य रहेको उनले बताए । स्थानिय पालिका, सहयोगदाताहरुको सहयोगमा बहुउद्देश्यीय दुईतला भवन निर्माण गरिएको बताए । जहाँ समुदायका युवाहरुको स्वस्थ्यसंग जोडेर फिटनेशको अवधारणा अघि बढाएको उनले बताए । पालिकाको सहयोगमा शारिरिक सुगठनका सामाग्रीहरु भित्राएर युवाहरुलाई उपयोगी हुने गरि केन्द्र बनाउने उनले बताए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष रिम बहादुर सारु, क्लबका सचिव राजकुमार भट्टराईले भवनको जग्गा प्राप्तिमा योगदान दिएका स्वर्गीय राजकुमार लामाप्रति स्मरण गर्दै क्लबका संस्थापक केशव बराल देखी पुर्व अध्यक्षहरु अनिल गुरुङ, दुर्गा गुरुङ, राजु क्षेत्रीको योगदानबारे प्रकाश पारे ।