कृष्ण ढकाल
बर्दघाट,माघ–१८
ब्रहामण क्षेत्री कल्याणकारी कोष, भजन समुह सुनवल –१ र ४ को आयोजनामा नेतृत्व विकास तालिम सञ्चालन भएको छ। समितिका अध्यक्ष हेमलाल पराजुलीको अध्यक्षता र प्रध्यापक एवं समाज सेवी भरत भुषालको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको तालीममा ब्रहामण क्षेत्री कल्याणकारी कोष, भजन समुहका ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।
समितिकी उपाध्यक्ष सृजना न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको समुद्घाटन कार्यक्रममा बोल्दै समाज सेवी भरत भुषालले कुनै पनि ब्यक्तिले समाजको नेतृत्व गर्नु भन्दा पहिले आफ्नो नेतृत्व गर्ने क्षमताको विकास गर्न जरुरी रहेको बताउनु भएको थियो। समाज रुपान्त्रण गर्नका लागि मात्र नेतृत्व गर्ने नभै घर परिवार र टोलको परिवर्तनका लागि पनि नेतृत्वको आवश्यकता पर्ने उहाँको भनाई रहेको थियो ।
सरस्वती चापागाईको सञ्चालन रहेको कार्यक्रममा सुनवल खानीपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद काफ्ले,समाज सेवी तिलकराम ढकाल, शिव प्रसाद शर्मा,धर्मदत्त पराजुली लगाएतले बोल्दै समाजलाई सहित दिसातर्फ लैजानका लागि नेतृत्वको महत्वपूर्ण भूमिका रहने भएकाले नेतृत्व विकास तालीमले महत्वपूर्ण योग्दान दिनेमा विश्वस्त रहेको धारणा राख्नुभएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने नेतृत्व विकास तालिमको सहजीकरण पत्रकार कुस्माकर ढकाल (कृष्ण) ले गर्नु भएको छ ।