sunwal

बर्दघाट नगर स्वास्थ्य शाखाको मासिक नियमित बैठक सम्पन्न – Gaunledarpan

360

कृष्ण ढकाल
बर्दघाट,माघ–७
बर्दघाट नगर स्वास्थ्य शाखाको मासिक नियमित बैठक माकर स्वास्थ्य चौकी पाल्डाडामा आज सम्पन्न भएको छ । बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थी ,स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली , स्वास्थ्य शाखाका कर्मचारीहरु र बर्दघाट नगरका १८ वटै स्वास्थ्य संस्थाहरुका ईन्चार्जहरुको सहभागिता रहेको थियो ।
बैठकमा पूर्ण खोप र पूर्ण संस्थागत वडा एवं नगर सुनिश्चितता कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरीएको थियो भने एच.पि.भि. खोप २०८१,जेष्ठ नागरीक घर भेटघाट कार्यक्रम,किशोर किशोरी मैत्री स्वास्थ्य संस्था ,ई. एल . एम. आइ. एस संचालन र डि.एच.आइ.एस. को डाटामा विश्लेषण जस्ता बिषयमा सामुहिक छलफल गरी निर्णयमा पुगेको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी दिनु भएको छ ।

सोही अवसरमा बर्दघाट–४ दिब्य नगरमा रहेको युरेशिया रेयुकाई २२औं शाखा भवनमा सञ्चालनमा आएको आाखा उपचार केन्द्रकी डा.सिमा गैरे ले जनमानसमा आँखाको सुरक्षा र समस्याका वारेमा सचेतजागृत गराउनका लागि स्वास्थ्यकर्मीहरुको भूमिकाका वारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउने कार्यमा कार्यक्रम ल्याएको ग्रीनतारा नेपालकी नवलपरासी ईन्चार्ज कोपिला श्रेष्ठले समेत उक्त बैठकमा कार्यक्रमका वारेमा प्रकाश पार्नु भएको थियो ।