sunwal

सरस्वती माबिकाे स्वर्ण जयन्ती शुरु – Gaunledarpan

434

कृष्ण ढकाल

बर्दघाट,माघ- ४

खेलकुदको पहिलो पाठशाला विधालय भएकोले बिधालयलाई खेलकुद हवका रुपमा विकास गर्नु पर्ने संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बतउनु भएको छ ।

५० औ बर्ष पार गरेको अवसरमा बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको सरस्वती माबीको स्वर्ण जयन्ती महोत्सवलाई भर्चुवल सम्बोधनगर्दै मन्त्री चाैधरीले उक्त कुरा बताउनु भएको हाे ।मन्त्री चौधरीले बिधालयहरुले बिधार्थिहरुका लागि खेलकुद मैत्री बाताबरण तयार गरिदिनु पर्नेमा जोड दिनु भयकाे थियाे ।

त्यसैगरी लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवारले कार्यक्रमकाे उद्घाटन गर्दै

शिक्षा उज्यालो ज्योती भएको उल्लेख गर्दै यस क्षेत्रको शैक्षिक बिकासकालागी आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो ।

संविधानसभा सदस्य सिन्धु जलेशाले विधालय भनेकाे फुलका काेपिलाहरुलाई फक्याउने फुलाउने र मलजल गर्ने स्थान भयकाले सबै फुलहरुकाे संरक्षण गर्दै हराभरा र सुन्दर बगैँचा वनाउन आग्रह गर्नु भयकाे थियाे ।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भौतिक बिकासले मात्रै शैक्षिक गुणस्तर सुधार नहुने उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो ।शिक्षकहरु पनि युग सुहाउँदो हुनु पर्ने बताउदै उहाँले प्रविधिमा दखल नराख्ने शिक्षकहरुले बिदा लिनु पर्ने बताउनु भयो ।

बर्दघाट नगरपालिकाले पछिल्लो समय प्रविधीमैत्री शिक्षालाई जोड दिएको उल्लेख गर्दै चालू आर्थिक बर्षमा आधारभूत र प्रावी तहका शिक्षकहरुलाई ल्यापटप बितरण गरिने जानकारी दिनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष एवं नगरप्रवक्ता सन्त बहादुर गाह सरस्वती माबीले ५० औ बर्ष पार गरिरहदा बिधालयलाई यो अवस्थामा ल्याउन थुप्रै समाजसेवीहरुको अतुलनीय योगदान रहेको स्मरण गर्दै आफुहरु निर्वाचित भैसकेपछी भौतिक पुर्वाधार बिकासले समेत गति लिएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा भुमी आयोगका अध्यक्ष लाल बहादुर गुरुङ,नेपाली काङ्ग्रेस नगरसभापती दामोदर जिसि ,बर्लदघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,शिक्षक विनाेद खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

स्वर्ण जयन्तीको उद्घाटन समारोहमा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवम् स्वर्ण जयन्ती मुल समारोह समितिका अध्यक्ष ध्रुब जमरकट्टेलले बिद्यालयको स्थापनाकालदेखि सहयोग गर्ने,योगदान गर्ने महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

कार्यक्रमको पुर्वसन्ध्यामा जनप्रतिनिधि, स्थानिय क्लब संघ सस्था,बिद्यार्थी,शिक्षक, एवम् स्थानियहरुको सहभागीतामा कलशयात्रा समेत निकालिएको थियो ।