कृष्ण ढकाल
बर्दघाट,पौष–२८
काशी ईन्टरप्राईजेज बर्दघाटका सञ्चालक तथा प्रध्यापक शिव भुषालले अतिबिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ । जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्ने संभावना रहेकाले उनीहरुको स्वास्थ्यको ख्यालगर्दै पढाइमा सहयोग पुर्याउने उद्देश्यले आफुले न्यानो कपडा वितरण गरेको बताउनु भएको छ ।
ब्यवसायसंग सगै सामाजिक सेवामा समर्पित भएर लाग्दा मनलाई सन्तुस्टि प्राप्त हुने भएकाले विद्यालयका साना नानीबाबुहरुलाई न्यानो कपडा वितरण गरेको भुषालको भनाई छ ।
जाडो मौसममा न्यानो कपडा दिएपछि बालबालिका निरन्तर विद्यालय जाने वातावरण बनाउन सहजहुने र उनीहरूको स्वास्थ्य सुरक्षाका लागि समेत राहत पुग्ने विश्वास लिएर आफुले उक्त कार्यलाई निरन्तरता दिएको प्रध्यापक शिव भुषालले बताउनु भएको छ ।
केहि समय अघि बर्दघाट–२,चिसापानीमा रहेको दिब्य ज्योती माबिका बिधार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु भएका भुषालले अहिले बर्दघाट–४,दिब्य नगरमा रहेको नव नवदिब्यज्योति आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि पौडेलको अध्यक्षता र शिक्षिका गीता गैरेको संचालनमा भएको कार्यक्रममा काशी ईन्टरप्राईजेजका संचालक युवा समाजसेवी शिव भुसालले बालबालिकालाई न्यानो कपडा प्रदान गर्नु भएको थियो।