कृष्ण ढकाल
बर्दघाट,पौष–२८
वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले आफ्नो दोस्रो जिल्ला अधिवेशन सुस्ताको अनुमाघाटमा गएर सम्पन्न गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष चिरञ्जीवी खराल (रामु) को अध्यक्षता र रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीको प्रमुख अतिथ्यमा भएको उक्त जिल्ला अधिवेशनले सुस्ताका खगेन्द्र अर्याल (राजु)को अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि सर्बसम्बत गठन भएको छ ।
जस्को उपाध्यक्षमा तिल बहादुर पुन र दर्गा बि.क. रहनु भएको छ भने सचिवमा पवित्रा रेग्मी,उपसचिवमा जनक नेपाल र कोषाध्यक्षमा भुपराज अधिकारी रहनु भएको जिल्ला कमीटीका निर्वतमान अध्यक्ष खरालले जानकारी गराउनु भएको छ । त्यसैगरी सदस्यहरुमा नरेन्द्र चौधरी ,रितु श्रेष्ठ,हरि कण्डेल,मोहन थापा,यमप्रसाद डुम्रे,वारिश अन्सारी,पुनर्वासी भेडीया,मनोज कुमार त्रिपाठी,दिनेश हरिजन,महम्द रजाक मिया,श्रवण यादव,जिवन राय र सान्तोष चौधरी रहनु भएको छ ।
ऐतिहासिक तथा धार्मिक एवं पौराणीक स्थलका रुपमा रहेको अनुमाघाटमा भएको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीको जिल्ला अधिवेशनको कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले समृद्ध मुलुक निर्माणमा नेपालले युवाको भूमिका खोजी रहेको चर्चा गर्दै रोजगारीको सिलसिलमा विदेशवाट स्वदेश फर्केका मानिसहरुका अनुभव र भोगाइलाई सदुपयोग गर्न जरुरी रहेको औल्याउनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य एबम रिटर्नी फेडेरेसन नेपाल ईन्चार्ज डा.कृष्ण बहादुर के .सि.ले भारतले अतिक्रमण गरेको र्एेतिहासिक सुस्ता भुमिमा कार्यक्रम राखेको प्रति आभार ब्यक्त गर्नु भएको थियो । त्यसैप्रति बुद्धले गेरुवत्रधारण गरेको स्थान अझ त्यसैमा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल भएको स्थानमा कार्यक्रम राखेर नवलपरासी मुद्धालाई अन्तराट्रियकरण गर्नमा समेत रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले अहम भुमिका खेलेको धारण राख्नु भएको थियो ।
त्यसैगरी नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र अधिकारीले निक्कै छोटो समयमा चिरञ्जीवी खराल (रामु) को नेतृत्वमा रहेको रिटर्नी फेडेरेसनले आफ्ना छुट्टैे पहिचान बनाउन सफल भएको प्रति धन्यवाद प्रकट गर्नु भएको थियो । त्यसैगरी भुकम्पपिडितका घर निमार्ण गर्ने देखि पार्टीका हरेक गतिविधिमा सक्रियताका साथ लाग्ने एउटा जुधारु जनवर्गीय संगठन बनाउन सफल भएको बताउनु भएके थियो ।
रिटर्नी फेडेरेसन नेपालका जिल्ला उपाध्यक्ष खगेन्द्र अर्यालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका पूर्वसदस्य एवं रिटर्नी फेडेरेसन ईन्चार्ज राजेन्द्र सुनारलाईलाई सम्मान समेत गरीएको थियो ।
लुम्बिनी प्रदेश सदस्य चोलाकान्त भट्टराईको सञ्चालन रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य बद्री खनाल, प्रदेश सचिवालय सदस्य थान प्रसाद गैरे, एकदेब पाण्डे , पुन्य प्रसाद पौडेल,राम भन्डारी धन बहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।