sunwal

जिल्ला बचत संघको अध्यक्षमा पुनः आचार्य

334

कृष्ण ढकाल
बर्दघाट,पौष–२८
जिल्ला बचत तथा ऋण सहकारी संघ नवलरासीको दोश्रो निर्वाचनबाट पुनः राजनकुमार आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ । लुम्बिनी सुनवल साकोसको सभाहलमा भएको चौथो बार्षिक साधारण सभा तथा दोश्रो निर्वाचनबाट राजनकुमार आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

त्यसैगरी संघको उपाध्यक्षमा मायादेवी पौडेल, सचिवमा देवराज श्रेष्ठ, सहसचिवमा रविन्द्रविक्रम हमाल र कोषाध्यक्षमा युवराज मौर्य निर्वाचित हुनु भएको थियो । १३ सदस्यीय सञ्चालक समिति रहेको संघको सञ्चालक सदस्यमा पिताम्बर चापागाईं, ताराप्रसाद न्यौपाने , मीना चौधरी निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक फूलमाया गिरीले जानकारी दिनु भयो ।

यस्तै बचत संघ नवलपरासीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा मैना सुवेदी सर्वसम्मत चयन हुनु भएको छ भने सञ्चालक सदस्य ५ जना र लेखा सुपरिवेक्षण समिति सदस्य २ जनाको पद पछि पुरागर्ने गरी रिक्त रहेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ नवलरासीको अध्यक्ष्ँ राजनकुमार आचार्यको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कून का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लुम्बिनी बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा, जिल्ला सहकारी संघ नवलपरासीका सचिव चण्डिप्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो ।