कृष्ण ढकाल
बुटवल,पौष–२७
बर्दघाट नगर उपप्रमुख रूद्रप्रकाश उपाध्याय उपभोक्ता संरक्षक अवार्डबाट सम्मानीत हुनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ब्यवसाय र उपभोक्ताको मानव अधिकार सम्वन्धि क्षमता अभिवृद्धि कार्यक्रममा मुख्य मन्त्री चेतनारायण आचार्य र मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाले संयुक्तरुपमा उपप्रमुख उपाध्यायलाई उपभोक्ता संरक्षक अवार्डबाट सम्मान गर्नु भएको छ ।
प्रदेशमा सबै भन्दा बढी उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समिति मार्फत महत्वपूर्ण योग्दान गरेको भन्दै उपाध्यायलाई उपभोक्ता संरक्षक अवार्डबाट सम्मान गरिएको थियो। यस अघि विराजनगरमा भएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल , केन्द्रिय समितिको वार्षिक साधारण सभामा समेत उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समिति सर्बाेत्कृष्ट कार्यगर्र्नेमा पर्न सफल भएको भएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,लुम्बिनी प्रदेशले बर्दघाट नगर सहित फरक– फरक विधामा ५ जनालाई बिभिन्न अवार्डवाट सम्मान गरेको छ । यसरी बिभिनन अवार्डबाट सम्मानीत हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल , केन्द्रिय समितिका अध्यक्ष ज्योती बानिया, बुटवल उपमहानगर पालिकाकी उपप्रमुख सावित्रा अर्याल,मानवअधिकार कर्मी रिमा बि.सी,पत्रकार डि.आ. घिमिरे रहनु भएको छ ।