sunwal

बर्दघाट नगर उप–प्रमुखले १५ औं नगरसभामा प्रस्तुत प्रस्तावहरु च्यातेर पत्रकार सम्मेलन गरे

500

कृष्ण ढकाल
बर्दघाट,पौष– २६
बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले १५ औं नगरसभामा प्रस्तुत प्रस्तावहरु च्यातेर पत्रकार सम्मेलन गरेका छन ।
बर्दघाट नगर कार्यपालिकाको मंसीर २३ गतेको बैठकको निर्णयानुसार बर्दघाट नगरपालिकाको आज पौष २६ गते भएको १५औं नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले प्रस्तावहरु च्यातेर विरोधगर्दै आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेका छन ।

चालु आ.ब. २०८१/०८२ को निति ,कार्यक्रम तथा बजेटका शिर्षकान्तर र रकमान्तर सम्वन्धमा र बिभिन्न समयका बैठकका निर्णय अनुमोदन रहने गरी आवाहन गरीएको आजको १५ औं नगरसभामा नगर प्रमुख शम्भुलाल श्रेष्ठले आजको नगर सभाको निर्णय नं.४ मा आफुले कार्यपालिका बैठकमा फरक मत राखेको आफ्नै विरुद्धको निर्णय अनुमोदनका लागि पेशगरेको आरोप लगाउदै नगर उपप्रमुख उपाध्यायले नगरसभामा प्रस्तुत प्रस्तावहरु च्यातेर पत्रकार सम्मेलन गरेका बताएका थिए । उनले नगर प्रमुखले तानाशाही शैलिमा नगरसभा र नगरका गतिविधिहरु अघि बढाएको र उप प्रमुखको पदलाई अपहेलना गरेको आरोप लगाएका छन ।
उप्रमुख उपाध्यायले आफुले नगरसभामा उठेर हातमा रहेका सबै प्रस्तावका कागजातहरु च्यातेर नगर सभा वहिस्कार गरी हिडेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

२०८१ असोज २२ गते को नगरकार्यपालिकाको बैठकमा बर्दघाट ट्रमा सेन्टरका बिषयमा आफु लगाएत अन्य कार्यपालिका सदस्यहरुले फरकमत राखेको निर्णयका विरुद्धमा गरीएको निर्णय अनुमोदन गराउने प्रस्ताव आए पनि त्यो बाहेकका सबै निर्णय नगर सभामा पेशगर्न र त्यस बिषयमा पछि छलफल गर्नका लागि नगर प्रमुख शम्भुलाल श्रेष्ठसंग आग्रह गर्दा नमानेपछि आफुले नगर सभा वहिस्कार गरी पत्रकार सम्मेलन गर्नु परेको बताउनु भएको थियो ।