कृष्ण ढकाल
बर्दघाट,पौष– २५
अहिलेको शिक्षा सैद्धान्तिक बढी र प्रयोगात्मक कम भएकाले अब शिक्षालाई ब्यवसायिकतासँग जोड्न आवश्यक रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताउनु बताउनु भएको छ । दाउन्नेदेवी माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई पर्यटन, कृषि, सीप र रोजगारसँग जोड्नु पर्ने अहिलेको प्रमुख आवस्यकता रहेको मा जोड दिनु भएको थियो । उहाँले शिक्षाको गुणस्तर सुधार्न सबै पक्षको समान दायित्व रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई राज्य र समाजले पर्याप्त महत्त्व दिन नसकेको धाराणा राख्नु भएको थियो ।
लुम्बिनी प्रदेशलाई शिक्षाको हव बनाउने ठूलो सम्भावना रहेको उल्लखेगर्दै मन्त्री तिमिल्सिनाले २०२८ को संघीय शिक्षा ऐन परिमार्जन नगरेसम्म प्रदेश सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्न नसक्ने बताउनु भयो ।
दाउन्नेदेवी माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालको अध्यक्षता र मन्त्री तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु), संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेशका कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक,बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ लगाएत बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विद्यार्थी मैत्री वातावरणमा कक्षा शिक्षण गर्न आवश्यक रहेको बताएका थिए । त्यसैगरी बिद्यार्थीहरुको सिकाइ प्रभावकारी बनाउन आधुनिक पद्धति र प्रविधिको प्रयोग गर्नर्दै बिश्व समुदायसंग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमकै अवसरमा विद्यालयको नवनिर्मित २ कोटे भवनको उद्द्घाटन गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरु, उत्कृष्ट नतिजा दिन सफल शिक्षकलगायतलाई सम्मान गरिएको थियो ।
शिक्षक भोजराज चापागाइँको सञ्चालन रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।