कृष्ण ढकाल
बर्दघाट,पौष–२०
पश्चिम नवलपरासीको बर्दघाटमा पौष ८ गते देखि शरु भएको बर्दघाट महोत्षब पौष २० गते समापन गरीएको छ । बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गरेको उक्त मेलामा करिब ३ करोड बराबरको आर्थिक कारोबार भएको आयोजक संस्था बर्दघाट उद्योग बाणिज्य संघले जनाएको छ ।
स्थानिय उत्पादनहरूको बजारीकरण , भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याउने र मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले आयोजना गरीएको बर्दघाटको मेलाले आफ्नो उद्धेश्य पुरागर्न सफल भएको छ ।
संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मेला समापन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले स्थानीय व्यापार र महिला उद्यमीलाइ सहुलियतमा स्टल उपलब्ध गराउदै नया र स्थानीय उद्योगीहरुको बजार प्रबर्द्धनमा मेलाले सहयोग गरेको धारणा राख्नु भएको भयो ।
१३ दिन सम्म सञ्चालन भएको मेलाले बर्दघाटको पर्यटन बिकासमा सपोर्ट गरेको धारणा राख्दै श्रेष्ठले आगामी दिनमा मेलाको स्वरुप परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । अहिले मेलामा फिस टनेल नया आएको र आगामी दिनमा पर्यटकीय क्षेत्रहरु जोड्ने गरि प्याकेज बनाएर पर्यटकीय क्षेत्रको बिकास गर्ने गरि नया योजनाका साथ मेलाको स्वरुप परिवर्तन गर्न आयोजकलाई सुझाब समेत दिनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले आर्थिक बिकासका लागी निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनु भएको थियो । कर निर्धारण, ब्यवसाय दर्ता, नगरमा सूचीकरण जस्ता बिषयमा नगरपालिका निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढ्ने धारणा राख्नु भएको थियो ।
अहिले बजारका सबै सटरहरु क्रमशःबन्द भैरहेको र ब्यवसायीहरु पलायन भैरहेको अवस्थामा राज्यले लिने कर र बैंकको चर्काे ब्याजले ब्यवसायीहरु धरासायी भएको नेपाल उद्योग वाणीज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेको भनाइ रहेको थियो ।
मेला समापन कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले ब्यवसायीहरुलाई आपत बिपत्तिमा सहयोग गर्ने उद्देश्यले बिपत कोषको स्थापना गरेको बताउनु भयो । त्यस्तै संघमा आवद्ध सदस्यहरुलाई १ लाख रुपैया बराबरको दुर्घटना तथा औषधि उपचार बिमा गरेको बताउदै आगामि दिनमा कोष रकम वृद्धि गर्ने योजना रहेको गौतमले जानकारी दिनु भयो ।
उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष टेक बहादुर बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सचिब डिल्लीराज कंडेलले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा संघका तदर्थ समितिका संयोजक प्रदिप सुवेदी,बर्दघाट बजार विकास समितिका अध्यक्ष गोबिन्द पाध्याय लगाएतले बोल्नु भएको थियो ।