कृष्ण ढकाल
सुनवल,पौष–१४
सबैले आ–आफ्नो संस्कार र संस्कृतिलाई बचाएर सभ्य समाज निमार्ण गर्नलाई एक भएर लाग्न समाजसेवी तथा लेखापरिक्षक बिष्णुप्रसाद चापागाईले आग्रह गर्नु भएको छ । ब्रहमण क्षेत्री कल्याणकारी कोष सुनवलको आयोजनामा भएको उद्घोषण एवं भाषणकला तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै चापागाईले उक्त कुरा बताउनु भएको हो ।
आफ्ना सन्तीलाई संस्कारी,नैतिकवान र शिक्षत बनाउने कर्तब्य सबै भभिभावकहरुको रहेकाले त्यसबाट बिचलीत भएमा नयाँ पुस्ताले गतल बाटो पनि समान सक्ने भएकाले बेलैमा अभिभावकहरु सचेत हुन जरुरी रहेको धारणा राख्नु भएको थियो । त्यसैगरी कुनै पनि ब्यक्तीले पहिले आफुले बुझेका कुराहरु अरुलाई सिकाउन वा कार्यक्रमहरुमा गएर भन्नका लागि बोल्ने एवं भाषण गर्ने बानी नहुदा सम्म त्यसको कुनै अर्थ नरहने भएकाले ज्ञान बाढ्नका लागि बोल्ने कला आवश्यक हुने बताउनु भएके थियो ।
ब्रहमण क्षेत्री कल्याणकारी कोष सुनवलका अध्यक्ष हेमलाल पराजुलीको अध्यक्षता र समाजसेवी तथा लेखापरिक्षक बिष्णुप्रसाद चापागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खगेस्वर पराजुलीले पहलो पटक उद्घोषण एवं भाषाकला तालिम आयोजना गरीएको बताउनु भएको थियो । उहाँले तालिमले समाज परिवर्तन र संस्कृती संरक्षणमा लाग्न जागृति गर्न तालिम महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी अर्का समाज सेवि भरत भुषालले तालिम पश्चात् समाज परिवर्तनको लागि अब्बल नागरीक तयार हुने विश्वास लिएको धारण राख्नु भएको थियो । उहाँले
कलेजको अध्यन भन्दा समाजको अध्यन नै बढी प्रभावकारी हुने भएकाले समाजको रहन सहन देखि भाषा संस्कृती र सभ्यताका वारेमा जानकारी बढीलिन जरुरी रहेको बताउनु भएके थियो ।
उपाध्यक्ष सृजना न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विष्णु न्योपाने,जेष्ठ नागरीक तिलकराज शर्मा ,मुक्ति राम भण्डारी लगाएतले बोल्नु भएके थियो । उहाँहरुले समाज परिवर्तनका लागि सामाजिक ,आर्थिक ,नैतिक ,सास्कृतिक पक्षलाई तालिमको माध्यमले सहज बनाउने धारण ब्यक्त गर्नु भएको थियो ।
संस्थाका सचिब शिवप्रसाद अर्यालको सञ्चालन रहेको कार्यक्रमका सहभागिहरुलाई तीन दिन सम्मको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको छ ।