sunwal

बर्दघाट वडा नम्बर ५ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

288

बर्दघाट,पाैष–५
बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा विवाह गर्नु पूर्व वडाको अनिवार्य अनुमति सिफारिस लिनुपर्ने भएको छ । वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्ववडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको वडा अध्यक्ष विमला गुरुङले बताउनु भयो । ।
बिहेबारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नु पूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
२० वर्ष मुनिका किशोर किशोरीले विवाह गरे गराएमा दुवै पक्ष कानुन बमोजिम दण्डनीय हुने हुँदा सचेत भई अरुलाई पनि सचेत गराई कानुनको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको छ । कसैले उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही हुने वडा अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ । गत मंसिर २३ गते बसेको बैठकले यस्तो निर्णय गरिएको छ ।