कृष्ण ढकाल
बर्दघाट,पौष–३
बर्दघाट उद्योग वाणीज्यसंघ बर्दघाटले यहि पौष ८ गते देखि १८ गते सम्म आठौं बर्दघाट महोत्षब–२०८१ सञ्चालन गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मेलासञ्चालनको बारेमा जानकारी गराएको थियो।
बर्दघाट–४,करियाली नगरमा रहेको बर्दघाट मण्डपमा सञ्चालन गर्ने मेलामा मुख्य आकर्षणको रुपमा आरटि फिसियल फिस टनेल रहने मेला आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी गराउनु भएको थियो ।
मेला सञ्चालनका क्रममा करिव ६० लाख रुपैयाँ खर्च लाग्ने र करिव ३ करोडको कारोवार हुने अपेक्षा सहित मेला सञ्चालनको लागि पहल गरीएको मेला आयोजक संस्थाका अध्यक्ष न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
मेला प्रवेशमा टिकट दर ८० रुपैँया रहे पनि विद्यार्थीलाई ६० रुपैयाँ र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका जेष्ठ नागरिकलाई कार्डका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ त्यसैगरी मेलामा उद्योग वाणिज्य संघमा आबद्ध रहेका ब्यपारीले व्यवसायी गर्न चाहेमा ५० प्रतिशत सम्म छुटको व्यवथा राखिएको अध्यक्ष न्योपानेले जानकारी गराउनु भएको थियो ।
कृषि, पर्यटन, उद्योग र ब्यापार ,समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको ब्यापार मेलाले नवलपरासी जिल्लाको बर्दघाट नगरलाई पर्यटकीय नगरीको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, मौलिक सांस्कृतिलाई प्रचार प्रसार गर्न सहयोग पुग्ने लक्ष्य लिइएको आयोजकले नजाएको छ । मेलाले नगरका धार्मिक तथा पर्यटकिय क्ष्ँेत्र कञ्चनगढी,बुद्धमंगल ताल,संसार कोट,सिम्सार,बनदेवि लगाएतका क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने र स्थानिय प्रतिभाहरुको पहिचान गर्न सहयोग पुग्ने गरी मेलालाई ब्यवस्थीत तरीकाले सञ्चालन गर्न लागिएको बर्दघाट उद्योग वाणीज्यसंघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले बताउनु भएको छ ।
त्यसैगरी मेलामा जिल्ला र नगरमा उत्पादन हुने घरेलु एवं कुटिर उद्योगका उत्पादन समेत मेलामा प्रदर्शनी गरीने ,बिभिन्न दैनिक उपभोग्य वस्तु, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैँक तथा वित्तीय सँस्था, होटल रेष्टुरेण्ट, बाल उद्यान र कलाकारहरुको प्रस्तुती रहने गरी मेलाको आयोजना गरीएको बर्दघाट उद्योग वाणीज्यसंघका महासचिव गांगा पाठकले बताउनु भएको छ ।