कृष्ण ढकाल
बर्दघाट,मंसीर–२३
प्रतापपुर गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको पालिका चक्रपथ (रिङ्गंरोड) सडक निमार्ण कार्यगर्दा गुणस्तरका वारेमा उठेको प्रश्नप्रति प्रतापपुर गाउँपालिकाले आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
प्रतापपुर गाउँपालिका प्रवक्ता ऋषिदेव दासले एक विज्ञप्ती जारी गरी प्रतापपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ प्रतापपुर गाउँपालिकाको गौरवको आयोजना चक्रपथ (रिङ्गंरोड) सडकको स्तरउन्नतीका लागि भएको ठेक्का अनुसार काम भैरहेको र निमार्ण कार्य नसकिएको तथा सम्पन्नताको निवेदन समेत कार्यालयमा नआएको अवस्थामा अनावश्यक खवर सम्प्रेसण भएको जनाइएको छ ।
त्यसैगरी अनुगमन गर्न ,ल्याप टेस गर्न बाँकी र अन्तीम बिल भुक्तानी नै बांकी रहेकाले सडक निर्माण कार्यमा गुणस्तर हिन भएको पाइएमा भुक्तानी रोकेर कम्पनीलाई कार्वाहीका लागि सिफारीस गर्ने कुरा उल्लेख गरीएको छ । र भनिएको छ अनावश्यक रुपमा अनरगल प्रचार गरी पालिकालाई आँचआउने खालका कार्यहरु कोहि कसैले पनि नगर्न पालिकाले अनुरोध समेत गरेको छ ।