परासी,मंसीर–१७
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दे गएको छ । नगरपालिकाको वडा नम्बर ७ उजैनीमा निर्माण भएको उनवछ स्वास्थ्य चौकिको सुविधा सम्पन्न भवनको आज नगर प्रमुख धनपत यादवले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । दुई तल्ले पक्कि भवन संघिय सरकारको एक करोड ४४ लाखको लागतमा निर्माण भएको हो । वडा कार्यालयको साँघुरो भवनबाट सेवाप्रवाह गर्दे आएको स्वास्थ्य चौकिको सुविधासम्पन्न भवन निर्माण भएपछि सेवाप्रवाहमा सहज भएको स्वास्थ्य चौकिका ईन्चार्ज बलिराम कोईरीले बताउनुभयो । सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख यादवले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभुत आवश्यकको परिपुर्ति गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । समाजमा स्वास्थ्य सेवाको अभिवृद्धि गर्न सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाको भुमिका महत्वपुर्ण रहेको बताउदै नगर प्रमुख यादवले स्वास्थ्य स्वंयमसेविकाको लागी साईकलको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
उपप्रमुख सम्झना चौधरीले स्वास्थ्य संस्थाको भौतिक अवस्था सुधार गर्दे गुणस्तरीय सेवामा नगरपालिकाले जोड दिएको बताउनुभयो । सो क्रममा प्रमुख प्रशासकिय अधिकृत यमबहादुर कुँवर, वडा नम्बर १ का वडा अध्यक्ष रुद्रप्रसाद उपाध्याय, जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, वडा नम्बर ७ का पुर्ववडा अध्यक्ष शिवशंखर हरिजन, वडा सदस्य जगवन्तलाल कोईरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आजै नगरपालिकाले उक्त स्वास्थ्यचौकिलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था पनि घोषणा गरेको छ । नगर प्रमुख यादवले स्वास्थ्यचौकिमा स्थापना गरिएको किशोरकिशोरी मैत्रि कक्षको पनि उद्घाटन गर्नुभयो । किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संञ्चालन निर्देशिका २९७९ को दफा ५ को व्यवस्थाका आधारमा किशोरकिशोरी मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनुभयो । ति दुई स्वास्थ्य संस्थामा किशोरकिशोरीका लागी आफ्ना समस्या भन्न छुट्टै फोकल पर्सनको व्यवस्था गरिएको छ भने छुटै कक्षमा उनिहरुले बसेर आफ्ना समस्याका विषयमा पुस्तक मार्फत जवाफ खोज्न समेत सक्ने छन् । किशोरकिशोरीमा हुने शारिरीक विकास, मानसिक विकास, प्रजनन स्वाथ्य, विभिन्न रोग तथा अंगहरुको विषयमा जानकारी लिन उनिहरु बिना हिचकिचावट अब स्वास्थ्य संस्थामा गएर आफै जानकारी लिन सक्ने छन् भने कुनै समस्या भएमा फोकल पर्सनलाई जानकारी समेत गराउन सक्ने व्यवस्था गरिएको छ । यसअघि नगरपालिकाको वडा नम्बर १६ मा रहेको शुक्रौली स्वास्थ्य चौकी र वडा नम्बर १४ मा रहेको अमरौट स्वास्थ्य चौकि किशोरकिशोरी मैत्रि स्वास्थ्य चौकि घोषणा भईसकेका छन् ।