sunwal

नेपालकै दोस्रो अग्लो शिवमुर्ति बन्दै

296

बिकास अधिकारी
परासी,मंसिर १७
नवलपरासीको सदरमुकाम परासी स्थीत झरही खोला किनारमा ९० फिट अग्लो शिवको मुर्ति निर्माण हुने भएको छ । रामग्राम २ हाटबजारको अन्तिम भागमा निर्माण हुने शिवको मुर्ति निर्माण कार्यको आज नगर प्रमुख धनपत यादवले शिलन्यास गर्नुभयो । नगर योजना अन्र्तगत पहिलो चरणमा मुर्ति निर्माण कार्य सुरु भएको हो ।

अनन्त कन्स्ट्रक्सन प्रा.लीले ३३ लाख बराबरको लागतमा पहिलोचरणको मुर्ति निर्माण कार्य थालेको हो । पर्यटकिय तथा धार्मिक स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप काम थालिएको वडा नम्बर २ का वडा अध्यक्ष निरज रौनियारले जानकारी दिनुभयो । यो नेपालकै दोस्रो अग्लो शिवमुर्ति हुने दाबि गरिएको छ ।

नगर प्रमुख यादवले मुर्ति संगै अन्य संरचना पनि निर्माण गरी झरही खोला किनारलाई करिडोरसंगै पर्यटकिय र धार्मिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उक्त स्थलमा शिवमुर्ति निर्माण भएपछि खुल्ला व्यामशाला, सन्तसाधुहरु बस्ने घर, १०८ शिवलिंङ्ग, पानीको फोहोरा आदि निर्माण हुने छ । जस्को लागत ५ करोड बराबर रहेको वडा अध्यक्ष रौनियारले बताउनुभयो । पोखरामा निर्माण भएको शिवमुर्ति मात्र ५१ फिटको छ तर तलको संरचना सहित १ सय ८ फिट रहेको छ ।