sunwal

चार जना गरीव तथा जेहेन्दार विधार्थीहरुको अभिभावकत्व ग्रहण

513

आरती राना
बर्दघाट,कार्तिक –२८
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापनीले १४ औैं बार्षिक साधारण सभाको अवसरमा आफ्नो सेवा क्षेत्र भित्रका ४ जना गरीव तथा जेहेन्दार विधार्थीहरुको अभिभावकत्व ग्रहण गरेको छ ।
सहकारीले सामुदायिक हितको लागि छुट्याउनुपर्ने ५ प्रतिशत सामुदायिक विकास कोष अन्र्तरगत रहेर विधार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने कार्य गरेको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।
१४ औैं बार्षिक साधारण सभा अन्र्तगतको केन्द्रिय बैठकमा कक्षा ३ देखि ८ सम्मका बिधार्थीहरुका अभिभावकहरुसंग सम्झौता पत्रमा हस्ताक्षर गर्दै कक्षा १२ सम्मको सबै अध्ययन खर्चको अभिभावकत्व लिएको अध्यक्ष सुवेदीले बताउनु भयो।
अभिभावकत्व लिएका बिद्यार्थीहरुमा दिव्य ज्योति मा।वि। कक्षा ८ मा अध्ययन्रत स्मृति चौधरी र कृष्ण आलेमगर,ज्ञानोदय आधारभुत प्रा.वि. को कक्षा ३ मा अध्ययनरत आशिक मुसहर र शान्ति निकुञ्ज गौमाता गौतम रेवती मा।वि। कक्षा ३ मा अध्ययनरत रेविना परियारको कक्षा १२ सम्मको अभिभावकत्व ग्रहण गरीएको हो ।

नेपाल सरकारले निर्धारण गरिदिएको सामुदायिक हितको लागि छुट्याउनुपर्ने ५ प्रतिशत सामुदायिक विकास कोषको कार्यविधि तयार गरि संस्थाले हरेक बर्ष शैक्षिक क्षेत्रमा योगदान गर्ने हेतुले  पूर्ण अभिभावकत्व ग्रहण  गर्ने कार्यको शुरुवाद गत बर्षबाट गरीएको थियो ।
संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र नेफ्सकुनका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त बैल्कमा बोल्दै अध्यक्ष ढकालले सहकारीहरुमा पछिल्लो समय आर्थिक अपचलन र पार्दशीताका वारेमा सबैको चाँसो बढेकाले सचेत भएर संस्था सञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।
उहाँले स्थानिय स्तरका संचालक र कर्मचारीहरु रहेको संस्थाहरुमा बचत गर्नेहरुले कुनै पनि किसिमको डरमान्नु पर्ने अवस्था नरहेको बताउदै बाहिरी लगानी र सञ्चालकहरु रहेको सहकारीमा रहनेहरुले सचेत रहनु पर्ने अवस्था सृजना भएको बताउनु भएको थियो ।

संस्थाका सचिव बिष्णुप्रसाद बरालको सञ्चालन र उपाध्यक्ष सावित्रि दूवडीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी,बर्दघाट नगरपालिका वडा नं। १४ का वडाध्यक्ष सन्तु गाहा,वडा नं। १६ का वडाध्यक्ष भिमकाजी गुरुङ,कार्यपालिका सदस्य प्रेम भुजेल लगाएतले आ–आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शेयर सदस्य भित्रका उत्कृष्ट ब्यापारी,कृषक,अधिकशेयर सदस्य र गत शैक्षिक बर्ष मा कक्षा ३,८,एस ई ई र १२ मा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरीएको थियो ।

हाम्रो सुपर बचत तथा ऋण सहकारीको यसबर्षको कुल आय ब्यय ३८ करोड ३६ लाख २१ हजार बरावरको रहेको छ । संस्थागत पुंजि १ करोड ९५ लाख रुपैया र बचत ३० करोड ८५ लाख ३४ हजार तथा ऋण लगानी २९ करोड ५ लाख २८ हजार रहेको छ ।

जस्मा १ करोड ७८ लाख ५२ हजार ६ सय ९४ रुपैया जगेडा कोष रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ । बर्दघाट,रमाग्राम ,सरावल र प्रतापपुर गरी चारवटा पालिकाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको हाम्रो सुपर सहकारीमा अहिले ५ हजार ४ सय १ जना शेयर सदस्यहरु रहेका छन । २०६७ साल माघ २ गते विधिवत रुपमा दर्ता भएर आफ्नो सेवा शुरुगरेको यो संस्थाले अहिले केन्द्रिय कार्यलय वाहेक चारवटा सेवा केन्द्र सञ्चालन गरी १९ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगार दिईरहेको छ ।