कृष्ण ढकाल
नवलपरासी,कार्तिक–२३
नेपाल ढकाल समाज प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौंको आयोजनामा शनिवार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा १ सय ७९ जना आँखाका विरामिहरुले सेवा लिएको नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले जानकारी गराउनु भएको छ ।
मानविय सेवा र सामाजिक उत्तर दायित्व वहन गर्दै प्रतिष्ठानका क्रियाकलापहरु बढाउदै लैजाने उद्धेश्य अनुरुप नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,काठमाण्डौको प्राविधिक सहयोग र तारकेश्वर नगरपालिका वडा नं. ८ को सहयोगमा डाँडागाउँमा उक्त एक दिने आँखा शिविर सञ्चालन गरीएको नेपाल ढकाल समाज प्रतिष्ठानका अध्यक्ष टिकाराम ढकालले बताउनु भएको छ ।
आँखा शिवरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर अरुणप्रसाद ढुंगाना,राम के.सी.,विपासना श्रेष्ठ,विन्देश्वरी शाही,समिक्षा रिजाल ,अनुसा बस्नेत लगाएतको टोली खटीएको नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष कुलबहादुर ढकालले बताउनु भएको छ ।
आँखा शिवरमा तारकेश्वर नगरपालिका जनप्रतिनिधि श्याम कृष्ण सापकोटा,महालक्ष्मी काफ्ले,नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय महासचिव दामोदर ढकाल लगाएतको उपस्थिती रहेको थियो ।