sunwal

माओवादी नेता त्रिपाठी एमाले प्रवेश, मुलुकको विकासका लागि एमालेको विकल्प छैन ः अधिकारी

610

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१७

नेपाली जनता र देशको भविष्यलाई सुनिश्चित गर्ने काम नेकपा एमाले पार्टी बाहेक अरु कुनै पनि पार्टीले गर्न नसक्ने नेकपा एमालेका नवलपरासी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।
निर्वतमान लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनु भएका अधिकारीले आगामी निर्वाचनमा एकल बहुमत आउने गरि मिसन ८४ को अभियानमा दृष्ढताका साथ लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले प्रतापपुर गाउँपालिका कमिटीको आयोजनामा आज वेलाटारीमा भएको दशैं,तिहार एवं छठ् पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्याक्रमलाई सम्वोधनगर्दै नेता अधिकारीले उक्त निर्देशन दिनु भएको हो । जिल्ला अध्यक्ष अधिकारीले नेपाली जनताको आशा र भरोसा नै एमाले मात्रै रहेको दाबीगर्दै मुलुकको विकास र नेपाली जनताको भविष्य सुनिश्चित गर्ने पार्टी भनेकै नेकपा एमाले मात्र रहेको बताउनु भएको थियो । अहिले देशमा विकासको अभियान शुरु भएको स्मरणगर्दै आगामी निर्वाचनमा एमालेले एकल सरकार बनाउन सकेमात्र जनताका अपेक्षा पुरा हुने जिकिर गर्नुभयो ।

यसै विच
नेकपा एमाले प्रतापपुर गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्याक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहनुभएका नेता धीरज त्रिपाठी सहित युवा समाजसेवी नेता कार्यर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुमा ७६ जना रहेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष प्रदीप सिंह क्षेत्रीको अध्यक्षता तथा जिल्ला अध्यक्ष अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु थानप्रसाद गैरे, धनबहादुर गुरुङ्ग, एकदेव पाण्डे, जिल्ला सचिवालय सदस्य रामप्रसाद पाण्डे, तारासिंह क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।