sunwal

नगरको विकास र भाषा,साहित्य एवं संस्कृतिको संरक्षणमा सबैलागौं ः संघिय सांसद भुषाल

462

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१५

बर्दघाट प्रज्ञा प्रतिष्ठान र बर्दघाट साहित्य समाजको संयुक्त आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानका वारेमा चार्च परिचर्चा गर्दै आज ११६ औं लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा सहभागिहरुले बिभिन्न प्रकारका रचना वाचन गरेका थिए । सोही अवसरमा बोल्दै संघिय सांसद सरिता भुषालले बर्दघाट नगरको भाषा,साहित्य र संस्कृतिको संरक्षणमा नगरका सबै सरोकारवालाहरु एक भएर लाग्न जरुरी रहेको बताउनु भएको थियो ।

नगरको विकासका लागि केन्द्रिय स्तरवाट गर्न सकिने र हुने कुनैपनि कामहरुका लागि आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गर्दै कञ्चनगढी र बुद्धमंगल तालको बारेमा आफुले सदनमा नै कुरा उठाएको जानकारी गराउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा साहित्य विभाग प्रमुख तथा बर्दघाट साहित्य समाजका अध्यक्ष हुमनाथ आर्चायको अध्यक्षता र संघिय सांसद सरिता भुषालको प्रमुख आतिथ्यतामा भएको ११६ औं लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती कार्यक्रममा बर्दघाट नगर प्रमुख एवं बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठ,उप–प्रमुख एवं संरक्षक रुद्रप्रकाश उपाध्याय लगाएतको सहभागिता रहेको थियो ।