कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१२
बर्दघाट उद्योग वाणीज्य संघले सञ्चालन गरेको औधोगिक ब्यापार मेलामा घाईते भएका ब्यक्तिलाई संघले उपचार वापतको खर्च रकमको चेक हस्तान्त्ररण गरेको छ । आईतवार संस्थाको सभा हलमा आयोजना गरीएको लगानी कर्ता शिक्षा तथा सचेतना कार्यक्रममा चेक हस्तान्त्रण गरीएको थियो ।
गत बर्ष बर्दघाट उद्योग वाणीज्य संघले सञ्चालन गरेको औधोगिक ब्यापार मेला अवलोकनका लागि गएका दर्शक आरम्भ पौडेल र लेलिना भट्टराई घाईत हुनु भएको थियो । मेला सञ्चालक संस्थाले मेलाको विमा गरेका कारण विमा कम्पनीवाट नै घाईतेहरुको उपचारका लागि खर्च रकम प्राप्त भएको संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले बताउनु भएको छ ।
बर्दघाट उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमको अध्यक्षता,वणीज्य उपाध्यक्ष चन्द्र रणपालको स्वागत र कार्यालय सचिव नविना ज्ञवालीको सञ्चालन रहेको कार्यक्रममा संघका कोषाध्यक्ष ईन्द्रजित थारु,कार्यसमिति सदस्य भरत कंडेल लगाएतको उपस्थिती रहेको थियो