Holi asnjal makar GURU

दशौ राष्ट्रीय स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेडकी बिनिता बर्मा दोस्रो

342

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–११
गुल्मी जिल्लामा आयोजना भएको दशौ राष्ट्रीय स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि सुनवलकी छात्रा बिनिता बर्मा दोस्रो हुन सफल भएकी छन ।
छात्रा तर्फ नेपाल प्रथमको उपाधि हासिल गर्न सफल भएकी बर्माले १९ जिल्लाका ७८ जना विद्यार्थीहरु लाई पछि पार्दै दोस्रो उपाधि चुम्न सफल भएकी हुन ।
नेपाल स्क्राबल कमिटिले आयोजना गरेको उक्त प्रतियोगिता यहि कार्तिक ९ र १० गते सम्पन्न भएको थियो ।
जिल्लाहरुमा विद्यालय संख्याको आधारमा नेपाल स्क्राबल क्लबले जिल्ला स्तरीय प्रतियोगिता मार्फत राष्ट्रीय प्रतियोगिताको लागी सहभागी खेलाडीको कोटा निर्धारण गरे अनुसार खेलाडीको सहभागिता रहेको हुन्छ ।
यसअघि २०८१ साल असोज ३ गते प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्लास्तरीय छनौट प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्दै बिनिता बर्मा राष्ट्रीय प्रतियोगितामा सहभागी भएकी हुन् ।
२०७९ सालदेखी स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेड स्कुलका विद्यार्थीहरुले जिल्ला, राष्ट्रीय र अन्तराष्ट्रीय स्तरका प्रतियोगिताहरुमा सफलता हात पारिरहेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भयो ।
अहिलेको राष्ट्रिय प्रतियोगितामा सफलता भएसँगै छात्रा विनिता बर्मा जनवरी २०२५ मा नेपालको राजधानि काठमाडौँमा हुने पाँचौ अन्टराष्ट्रीय स्क्राबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र यसको साथै केहि दिन पछी नोभेम्बर १० देखी १२ सम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एसिया कप स्क्राबलमा पनि विद्यार्थी बर्माले सहभागिता जनाउने प्रिन्सिपल चापागाईले बताउनु भएको छ ।
स्व्रmाबल खेलले विद्यार्थीहरुमा खेलको माध्यमद्धारा नयाँ नयाँ शब्दहरुको खोजि गर्ने , चिन्तन गर्ने र शब्द भण्डार बृद्धि गर्ने कलाको विकास गराउने हुँदा यसले विद्यार्थीहरुको शैक्षिक अब्बलता पनि तिब्र रुपमा बृद्धि गराउने जनाइएको छ । यो खेल a देखी z सम्मका अंगे्रजी अक्षरहरुको माध्यम द्धारा बोर्डमा नयाँ र स्कोर बढी प्राप्त गर्ने शब्दहरु निर्माण गर्दै २ जना खेलाडीहरु बिच समय सिमा निर्धारण गरि खेलाइने गरिन्छ ।