kalika

कक्षा ११ र १२ विहान वा साँझको समयमा सञ्चालनगर्न दिब्यज्योती मा.बि.का अभिभावकहरुको माग

567

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१०
बर्दघाट वडा नं. २ मा रहेको दिब्यज्योती मा.बि.,चिसापानीमा कक्षा ११ र १२ को पढाई कुनैपनि हालतमा विहान वा साँझको समयमा सञ्चालन गर्न स्थानिय सरोकारवालाहरुले विद्यालय ब्यवस्थापन समिति र विद्यालय प्रसाशनलाई आग्रह गरेका छन ।
विद्यालय सुधारका लागि गर्नुपर्ने काम र अहिले विद्यालयको अवस्थाका वारेमा नवगठीत विद्यालय ब्यवस्थापन समितिले आवाहन गरेको सरोकारवालाहरुसंगको छलफल तथा सुझाब संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुराहरु बताएका हुन । उनीहरुले कुनैपनि हालतमा विद्यालय बिहानमा सञ्चालन गर्नु पर्ने र त्यसका लागि नगरपालिका घेराउ गर्न जानु परेपनि सिङ्गो चिसापानी उतार्नेगरी अघिबढ्न समितिलाई सुझाव दिएका छन ।
बर्दघाट नगरको एकमात्र विज्ञान र कृषि बिषयको अध्ययन गराउने भौतिक रुपमा र शिक्षाको गुणस्तरमा समेत अब्बल बन्दै गैरहेको बिद्यालयमा नगरपालिकाले नयाँ नियम लागु गर्दा बिद्यार्थी संख्यामा समेत समस्या आएको भन्दै पुनः बिहानमा कक्षा सञ्चालन गर्ने बतावरण तयगर्न जोडदार माग गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनावन्धु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संविद्यान सभा सदस्य तथा पूर्व शिक्षक सिन्धुजलेसा,जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी,वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्ष्ँेत्री,निर्वतमान वडाध्यक्ष दया दर्लामी,कार्यपालिका सदस्य प्रेम भुजेल, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष,सदानन्द पाण्डे,कमल परियार,चिसापानी सामुदायिक वनका अध्यक्ष हुमबहादुर गुरुङ,कोषाध्यक्ष मनोज सुनार,शिक्ष्ँक अभिभावक संघका अध्यक्ष रेलबहादुर बुढामगर,पूर्व शिक्षक तथा अभिभावक खिमविक्रम थापा,समाज सेवि चन्द्रबहादुर थापा,बिमल पन्थी ,नबराज अधिकारी,कृष्ण ढकाल ,दधिकला पाण्डे, विद्यालय ब्यवस्थापन समिति,,शिक्ष्ँक अभिभावक संघ,विद्यालयका शिक्षक कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।