Holi care school

१८ करोडकाे लागतमा सरावल –५ मा १५ शैयाको आधारभूत अस्पताल बन्दै

337

सरावल,कातिर्क–१०
१८ करोडकाे लागतमा सरावल –५ मा १५ शैयाको आधारभूत अस्पताल बन्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरावल गाउँपालिका वडा नं. ५ मा १५ शैयाको आधारभूत अस्पतालको लागि बजेट सुनिश्चित भएको जनाएको छ । कुल १८ करोड रुपैया बजेट सुनिश्चित भएको मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनु भयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरी निर्वाचित भई आएसँगै सरावल गाउँपालिका वडा नं. ५, धनगढवामा १५ शैयाको आधारभूत अस्पतालको लागि जग्गा र बजेटको पहल भएको थियो ।
१५ शैयाको आधारभूत अस्पतालका लागि सरावल गाउँपालिका वडा नं. ५ को कित्ता नं. २७४ को जग्गा गाउँ कार्यपालिकाको बैठकले छुट्याए अध्यक्ष सुखाडिप्रसाद चौधरीले जानकारी दिनु भयो । नेपाल सरकार, मन्त्री परिषदको २०८१ साउन १० गतेको निर्णयानुसार आधारभूत अस्पताल भवन निर्माणका लागि २ विगाहा ६ कठ्ठा ४ धुर मध्ये ३६ सय ८० वर्ग मीटर प्रयोग गर्न पाउने गरी जग्गाको प्राप्त भएको थियो ।

सरावल अस्पताल निमार्णका बिषयमा भएको स्थानिय भेलाको तस्विर
भूमि सुधार तथा मालपोत कार्यालय नवलपरासीले गत भदौ २५ गते गाउँपालिकालाई जग्गा उपयोगको प्रमाण पत्र प्रदान गरेको छ । गाउँपालिकाले जग्गा र आधारभूत अस्पताल निर्माणका लागि बजेट सुनिश्चित भएसँगै अस्पताल भवन निर्माणकालागि ठेक्का प्रकृया अगाडि वढाएको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
सरकारले देशभर ३ सय ९६ वटा ५ देखि १५ शैथ्याको अस्पताल निर्माणका लागि कुल ५१ अर्व ८४ करोड ५५ लाख ८९ हजार बजेट श्रोत सुनिश्चित भएको जनाएको छ ।