Holi care school

बर्दघाट वडा १ को कार्यालयको सेवा आफ्नै भवनबाट

168

 

बर्दघाट,कार्तिक -६

बर्दघाट नगरपालिका वडा नम्बर १ को नवनिर्मित भवनबाट सेवा सुचारु गरिएको छ ।बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले आज नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले वडा स्थानिय सरकारको सबै भन्दा नजिकको निकाय रहेको बताउदै सेवाग्राहिको सजताका लागि भवन निर्माणले सहज हुने बताउनु भयो ।

नगर प्रवक्ता सन्तबहादुर गाहा,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालेले भौतिक बिकास सगै सेवाग्राहीलाई प्रदान गर्ने सेवा सहज सरल र पारदर्शी हुनु पर्नेमा जोड दिनु भयो ।

वडा अध्यक्ष सन्दिप सापकोटाले बिगतका दिनमा वडाको आफ्नै भवन नहुदा केही कठिनाई भएपनी भवन निर्माण पश्चात् ब्यवस्थित कार्यालय भवनले सेवाग्राहि सगै कर्मचारीलाई दैनिक कामकाजमा सहज हुने बताउनु भयो ।कार्यक्रममा वडाको अघिल्लो आर्थिक बर्षको बजेट खर्च एवम् प्रगति बिवरण सार्वजनिक गरिएको थियो ।