kalika

दिब्यज्योती बहुमुखी क्याम्पसको प्रशासनिक भवन शिलान्यास

468

कृष्ण ढकाल
बर्दघाट,असोज–२१

दिब्यज्योती बहुमुखी क्याम्पसले एक कार्यक्रमका विच आठकोठे प्रशासनिक भवनको शिलान्यास गरेको छ । संघिय सांसद सरीता भुषालले उक्त भवनको शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा संविधान सभा सदस्य विक्रम खनाल र बर्दघाट नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्याय समेत सहभागी रहनुभएको थियो ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता र संघिय सांसद सरीता भुषालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै सांसद भुषालले धेरैजसो ठूला आयोजनाहरुको निर्माणकार्य शुरु हुने तर बिभिन्न बहाना बनाएर समयमा सम्पन्न नहुने परिपाटी रहेको बताउदै क्याम्पसको भवन समयमा नै निमार्ण सम्पन्न गर्न निमार्ण कम्पनीलाई आग्रह गर्नु भएको थियो ।
दिब्यज्योती बहुमुखी क्याम्पस नवलपरासी क्ष्ँेत्रको अब्बल शैक्षिक संस्थाका रुपमा मात्र नभै अहिले देशमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रुपमा आफुलाई परिचीत गराउन सफल भएको धारणा राख्नु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विक्रम खनालले नेपाल प्रथम हुनेगरी गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था भित्र बढी राजनिति भएको भन्दै सबैदलहरुलाई मिलाएर अझै राम्रो बनाउ तर्फ लाग्नका लागि क्याम्पस ब्यवस्थापन समितिको ध्यानाकर्षण गर्नु भएको थियो ।

प्रशासनिक भवनको शिलान्यास कार्यक्रममा बर्दघाट नगरका निर्वतमान नगर प्रमुख धिरज शर्मा, क्याम्पस प्रमुख सागरमणी पाण्डे,दिब्यज्योती मा.बी.का प्र.अ. रमेश कुवंर ,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,लगाएत स्थानिय बिभिन्न सामाजिक संघ संस्थाका ब्यीक्तहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन कृष्णबन्धु पौडेलले गर्नु भएको थियो ।

क्याम्सको चमेना गृहसंगै पूर्वीसाईटमा निर्माण गर्न लाएिको आठकोठे प्रशासनिक भवन आगामी फागुन मसान्त सम्म निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी कन्ट्रक्सन एण्ड विल्डस परासीले योजना सम्झौता गरेको छ ।
१ तलामा ८ वटा कोठा रहनेगरी निर्माण गर्न लागिएको उक्त भवन १ करोड ३५ लाखको लागत स्टिमेट रहेको छ भने ९६ लाखमा निार्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको निमार्ण कम्पनीका सञ्चालक केशवराज यादवले बताउनु भएको छ ।