Holi asnjal makar GURU

मदन आश्रीत स्मृति प्रतिष्ठान पञ्चनगरको निर्वाचनमा दुइजना अध्यक्षकै मतपरिणाम बराबरी

296

कृष्ण ढकाल
बर्दघाट,असोज–२०
मदन आश्रीत स्मृति प्रतिष्ठान बर्दघाट–९ पञ्चनगरको आज भएको निर्वाचनमा अध्यक्ष वाहेका बाँकी पदहरुमा सर्बसम्वत भएको छ।
७ सदस्य कार्य समिति रहने उक्त प्रतिष्ठानको उपाध्यक्षमा मधुमाया पौडेल,सचिवमा टुकप्रसाद बस्याल र कोषाध्यक्षमा पदमपानी आचार्य सर्वसम्वत रुपमा मनोनित हुनु भएको निर्वाचन मण्डलका संयोजक कुलदेव श्रेष्ठले जानकारी दिनुभएको छ ।त्यसैगरी सदस्यहरुमा कमल खनाल,लीला पौड्याल र यादव खनाल रहनु भएको छ ।

अध्यक्ष पदमा भने लिला लामिछाने र यज्ञ प्रसाद खनाल विच सहमति हुन नसकेपछि उक्त पदका लागि मात्र निर्वाचन गरीएको थियो । ४७ जना सदस्य रहेको उक्त प्रतिष्ठानमा ३८ मत खसेको र ९ जनाले निर्वाचन प्रक्रियामा भाग नलिएको निर्वाचन मण्डलका सदस्य राजु विश्वाले बताउनु भएको छ ।

निर्वाचन पश्चात भएको मतगणनाका क्रममा लिला लामिछाने १९ मत र यज्ञ प्रसाद खनालले पनि १९ मत नै प्राप्त गरी बराबर भएपछि निर्वाचन मण्डलले दुबै जनाले सफलता हासिल गर्न नसकेको भन्दै फेरी अर्काे सुचना जारी गरेर उक्त अध्यक्ष पदका लागि मात्र फेरी निर्वाचन गराउने गरी आजको निर्वाचन कार्यक्रमको नतिजा प्रकाशन गरेको थियो ।