kalika

भ्रष्टाचारको शुन्य सहनशिलता,राष्ट्रियता र विकासका सवालमा सबै एकहुन जरुरी छ ः संविद्यान सभा सदस्य खनाल

मानव अधिकार तथा शान्ति समाज, नवलपरासीको सभापतिमा शिव प्रसाद पौडेल

380

कृष्ण ढकाल
बर्दघाट, असोज–१९
भ्रष्टाचारको शुन्य सहनशिलता,राष्ट्रियता र विकासका सवालमा सत्ता र प्रतिपक्षमा रहदा सबै राजनिक दलहरु एकमत हुन जरुरी रहेको संविद्यान सभा सदस्य विक्रम खनालले बताउनु भएको छ ।
मानव अधिकार तथा शान्ति समाज, नवलपरासीको २४ औं जिल्ला वार्षीक साधारण सभा तथा १३औं अधिवेशनको समुद्घाटन कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताउनु भएको हो । उहाँले मानव अधिकार हनन्का घटनाहरू र वर्तमान राजनीति भनेको अहिले खहरे खोलामा आएको बाढीले प्याएको क्षती जस्तो हुने भएकाले मानवअधिकार कर्मीहरु सचेत र सजक भएर त्यस्ता घट्नाहरु हुन नदिनका लागि बेला– बेलामा खवरदारी गर्न आग्रह गर्नु भएको थियो ।

मानव अधिकार तथा शान्ति समाज, नवलपरासीका अध्यक्ष गणेश न्यौपानेको अध्यक्षता,संविधान सभा सदस्य बिक्रम खनालको मुख अतित्थ्यता र सचिव शिव प्रसाद पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले जिल्लामा बालश्रम, बालविवाह, र भ्रूणहत्या जस्ता सामाजिक समस्याहरू अझै कायम रहेको बताउनु भएको थियो। उहाँले मानव अधिकार शान्ति समाजलाई यस्ता समस्याहरूलाई सम्बोधन गर्न विज्ञप्ति मात्र भएपनि जारी गरेर सचेत गराउन र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।

बर्दघाट–९,पञ्चनगरमा भएको उक्त कार्यक्रममा सहभागि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव तथा परिवेक्षक केश बहादुर शाहीले शान्ति समाजले गरिब तथा अनाथ बालबालिकाहरूलाई सहयोग गर्दै आएको जानकारी गराउनु भएको थियो।
कार्यक्रममा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, प्रदेश सचिव सन्तोष अधिकारी , सुर्खेत अध्यक्ष दीपक गौतम , बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल, रामग्राम नगरपालिकाका निवर्तमान नगरप्रमुख नरेन्द्र प्रसाद गुप्ता, र न्यू लाइफ मावि व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारी लगायतका वक्ताहरूले जिल्लामा ७४ जना आजीवन सदस्य भए पनि सक्रियता कम रहेको र यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। मानव अधिकारका सवालमा समाजको सक्रियता नबढाएसम्म जिल्लाको मानव अधिकारको संरक्षण र सामाजिक समस्याहरूको समाधान नहुने भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाज, नवलपरासीको सभापतिमा शिव प्रसाद पौडेल

मानव अधिकार तथा शान्ति समाज, नवलपरासीको सभापतिमा शिव प्रसाद पौडेल निर्विरोध चयन हुनु भएको छ । त्यसैगरी उप–सभापतिमा डिक बहादुर पाण्डे क्षेत्री र सचिवमा योगेन्द्र भट्टराई चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक बलराम चापागाईले जानकारी दिनु भएको छ ।
त्यस्तै सह–सचिवमा सानुमाया भट्टराई र कोषाध्क्षमा देविकला शर्मा रहनु भएको छ भने सदस्यहरुमा कौलेश्वर अहिर,विष्णु पुरी,युवराज चापागाई,महेन्द्र गौतम,नारायण पाण्डे र बासुदेव पौडेल रहनु भएको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा निर्वाचन परिवेक्षक प्रकाश शाहीको प्रत्यक्ष उपस्थिीतीमा जिल्ला शाखाको निर्वाचन प्रक्रिया सम्पन्न गरीएको थियो ।