परासी असाेज १८
पश्चिम नवलपरासीमा मासु हरुमा अनुगमन गरिएको छ । दशै तिहार तथा छट पर्व लक्षित मासु पसलमा अस्वस्थ्यकर मासु बिक्रीवितरण हुनसक्ने मध्यनजर गर्दै सदरमुकाम परासी र सुनवलका मासु पसलमा अनुगमन गरिएकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चाैधरीले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकास मासु पसलमा मुल्यसुिच नराखेको पसलमा सरसफाई नदेखिएको चाैधरीले बताए ।अनुगमनकाे क्रम परासी बजारका ट्याकिमा राखेर कुखुरा मासु अवस्थिति रूपमा बिक्री भैरहेको पाईएकाे चाैधरीले बताए ।उनले मासु पसलहरूलाई सरसफाईमा बिशेष ध्यान दिई व्यवसाय संचालन गर्न निर्देशन दिए।
मासु पसलमा मासुभने स्वास्थ्यकर पाईएकाे पशु राेग अन्वेशण प्रयाेगशाला डा भरत काफ्ले बताए । सदरमुकाम परासीका १४ वटा र सुनवल नगरपालिकाकाे भुमहि बजारमा रहेका २ वटा १६ वटा मासुल पसलमा अनुगमन गरिएकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका डा विभूति सिहले जानकारी दिईन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चाैधरीकाे नेतृत्वमा भएकाे अनुगमनकाे क्रममा राेग अन्वेशण प्रयाेगशाला डा भरत काफ्ले ,पशु क्वारेन्टाइन चाेक पाेष्ट महेशपुरका डा मनाेज अधिकारी , जिल्ला प्रशासन कार्यालय नवलपरासीकी सुब्बा अस्मिता खाती,जिल्ला प्रहरी कार्यालयका रामग्राम नगरपालिकाकाे पशु चित्सिक डा सुमित सिह प्रंहरी सहायक निरीक्षक शेर बहादुर थापामगर ,घरेलु तथा साना उद्योग कार्यालय परासीका मनाेज चाैधरी पत्रकार लगायतको सहभागीता रहेकाे थियाे ।