sunwal

बर्दघाट नगरको समृद्धिका लागि सबै एक भएर लाग्नु पर्छ ः संघिय सांसद भुषाल

272

कृष्ण ढकाल
बर्दघाट,असोज–१६
सरकार,सहकारी र निजिसंघ संस्थाहरु मिलेर नै समाजलाई समृद्धि तर्फ लैजान सकिने संघिय सांसद सरिता भुषालले बताउनु भएको छ । बर्दघाट उद्योग वाणीज्य संघले आयोजना गरेको विजया दशमी,शुभदिपावली तथा छठ् पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संघिय सांसद भुषालले उक्तकुरा बताउनु भएको हो।

बर्दघाट धेरै संभावना बोकेको नगर रहेको बताउदै सबै सरोकारवालाहरु एक भएर बर्दघाट नगरको समृद्धिका लागि लाग्नु पर्नेमा जोडदिनु भएको थियो ।
नगरको रहिथाने वालीको संरक्षणगर्दै उत्पादनवृद्धि गर्नेकार्यमा स्थानिय सरकारले सहयोग गर्न आग्रह गर्दै आफुले पनि संघिय स्तरवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी शिक्षालाई श्रमसंग जोड्ने र श्रमलाई उत्पादनसंग जोडेर रोजगार सृर्जना गर्ने कार्यमा निजि संघ–संस्था र स्थानिय सरकार लाग्नु पर्ने संघिय सांसद भुषालको भनाई रहेको थियो ।

बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र संघिय सांसद सरिता भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले उद्योग संधमा आवद्ध रहेका सबै सदस्यहरु नगरमा सुचिकृत नभएको बताउदै नगरमा सुचिकृत हुने वातावरण सृजना गरेमा बर्दघाट उद्योग वाणीज्य संघसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भएको थियो ।
त्यस्तै निर्वतमान नगरप्रमुख धिरज शर्माले जिनिक्षेत्रलाई सँगैलिएर नगरसरकार अघिबढ्नुपर्नेमा जोड दिनु भएको थियो भने उद्योग वाणीज्य संघका केन्द्रिय सदस्य केशब भण्डारीले कुनै एउटा उद्योगी तथा ब्यापारीले गरेको गल्तीको भागिदार सबै उद्योगी तथा ब्यपारी हुन नसक्ने जिकिर गर्नु भएको थियो ।

संस्थाका महासचिव गंगा पाठकको सञ्चालन र वरिष्ठ उपाध्यक्ष तारा गौतमको धन्यवाद ज्ञापन रहेको उक्त कार्यक्रममा उद्योग वाणीज्य संघ लुम्बिनी प्रदेश र सुनवल उद्योग बाणीज्य संघका पदाधिकारी,नेपाल घरेलु तथा साना उद्योग कार्यलय,परासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेल, लगाएत बर्दघाट नगरका बिभिन्न सामाजिक संघ संस्थाका ब्यीक्तहरुको उपस्थिती रहेको थियो ।