कृष्ण ढकाल
बर्दघाट,असोज–१५
ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि। को ३१ औं वार्षिक साधारणसभाको एकाइगत सभा सोमबार देखी सुरु भएको छ । ५ वटा सेवा केन्द्र सहित बर्दघाट– ७ जिमिरेभारमा मुख्य कार्यालय रहेको उक्त सहकारीले सोमवार देखि एकाइगत सभा शुरु गरेको छ ।
ईकाइ सभाको पहिलो कार्यक्रम बर्दघाट –९ मा रहेको स्वर्णिम सेवाकेन्द्रबाट शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईको प्रमुख आतिथ्यमामा एकाइगत साधारणसभाको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्दघाट नगरपालिका वडा नं। ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंले कुनै पनि सहकारीमा बचत गर्दा आफुले चिनेका र स्थानिय ब्यक्तिले नेतृत्व गरेका सहकारीहरुमा मात्र सदस्य बन्न र बचत गर्न आग्रह गर्नु भएको थियो । पछिल्लो समय सहकारीका नाममा बचत संकलन गर्ने र आर्थीक हिनामिना गरेर सर्बसाधरणलाई समस्यामा पार्ने गरेको बताउदै उल्लेख गर्दै त्यस्ता सहकारीहरुवाट सचेत रहेर निति,विधिसंग पार्दर्शी भएर चलेका सहकारीहरुमा आवद्ध हुन आग्रह गर्नु भएको थियो ।
त्यसैगरी संस्थाका अध्यक्ष रबिन्द्रबिक्रम हमालले सबैतिर सहकारीको रकम अपचलन गरेको समाचार आईरहदा ग्रामीण बाल्मिकी सहकारी भने निरर्थकसंग सतिसाल जस्तै उभियर पार्दशी रुपमा अघिबढेको बताउनु भएको थियो । स्थानिय स्तरमा मात्र नभै अन्तराष्ट्रिय सहकारी मापदण्डमा रहेर सहकारी सञ्चालनको अध्यास गरीरहेकाले आफुहरुले नेतृत्वगरेको संस्था सबै तरीकाले मज्बुत रहेको बताउनु भएको थियो ।
बर्दघाट–९ पञ्चनगरमा रहेको स्वणीम सेवा केन्द्रको सभामा संस्थाका कोषाध्यक्ष मुरली कृष्ण खनालले १ अर्व २२ कारेड ८३ लाख २५ हजार ६ सय ५६ रुपैयाको आर्थिक कारोवार भएको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी संस्थाले २ करोड ४४ लाख नाफा कमाएको प्रतिवेदन रहेपनि यस संस्थाको नाफाबाट २ करोड ९ लाख ८२ हजार बचत रकमलाइ ऋणसुरक्षण कोषमा राख्नु पर्ने कारणले संस्थाका शेयर सदस्यहरुलाई यस बर्ष बोनस नबाढीने गरी संस्था अघि बढेको जानकारी गराउनु भएको थियो ।
२०५१ सालमा स्थापना भएको सहकारीमा हाल ७ हजार ७९ जना महिला र ५ हजार ३ सय ३९ जना पुरुष र संस्थागत ९ गरी कुल १२ हजार ४ सय २७ जना शेयर सदस्य रहेका छन् । बाल सदस्यको सङ्ख्या २ हजार २ सय १८ जना रहेका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम पुरै जिल्ला कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पुँजी १० करोड ३४ लाख ३९ हजार ९ सय रहेको छ । सहकारीले ९८ करोड ७८ लाख २८ हजार ९ सय १३ रुपैयाँ २६ पैसा बचत सङ्कलन गरी ८५ करोड ५९ लाख २३ हजार ४ सय ८० रुपैयाँ ५० पैसा ऋण लगानी गरेको छ । सहकारीको जगेडा कोषमा ९ करोड ३७ लाख २९ हजार ३ सय ८७ रुपैयाँ २१ पैसा रहेको र संस्थागत पुँजी ९ करोड ४० लाख ४२ हजार ६ सय ५८ रुपैयाँ १३ पैसा रहेको संस्थाको प्रतिवेदन पुस्तीकामा उल्लेख गरीएको छ ।
कार्यक्रममा सह–सचिव कृष्ण गौतमले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति विवरण तथा आब २०८१र२०८२ कम लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम ,लेखा सुपरीवेक्षण समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको लेखा सुपरीवेक्षणको प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।
कार्यसमिति सदस्य तथा स्वर्णिम सेवा केन्द्र संयोजक छविलाल तिमिल्सिनाको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा बालिन्द्र विक्रम शाही, शुसिला पराजुली,सल्लाहकार ,देविप्रसाद अधिकारी , वसन्त कुमार रेग्मी लाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने संस्थाले सेवा केन्द्र अन्र्तगतका शेयर सदस्यहरुलाई बिभिन्न ५ विधामा सम्मान समेत गरेको थियो । एकाइगत रुपमा संचालन हुने साधारणसभा असोज २१ गते सम्म चल्नेछ ।