sunwal

आधारभुत स्वास्थ्य सेवा केन्द्र लगुनाको कलर कोडिङ्ग स्कोर कार्डमा ६९ प्रतिशत प्रगति

164

कृष्ण ढकाल
बर्दघाट,असोज–७
आधारभुत स्वास्थ्य सेवा केन्द्र,बर्दघाट नगरपालिका वडा नं. ३ ,लगुनामा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न गरीएको छ । स्वास्थ्य संस्थाको लागि कुल एम.एस.एस. अंकको आधारमा कलर कोडिङ्ग स्कोर कार्डमा आधारभुत स्वास्थ्य सेवा केन्द्र लगुनाले ६९ प्रतिशत प्रगति गरेको देखिएको छ ।
न्यूनतम सेवा मापदण्डका भागहरु मध्ये सु्साशन र ब्यवस्थापनका ६ भाग क्लिनिकल सेवा ब्यवस्थापनका ९ भाग र स्वास्थ्य चौकी सहयोग सेवा ब्यवस्थापनका ९ भागमा प्राप्त अंकका आधारमा आधारभुत स्वास्थ्य सेवा केन्द्र लगुनाले ६९ प्रतिशत प्रगति गरेको कलर कोडिङ्ग स्कोर कार्डमा देखाइएको छ ।

खण्ड १ सुशासन र ब्यवस्थापन ले २०% को भार खण्ड २ क्लिनिकल सेवा ब्यवस्थापन ले ६०% को भार र खण्ड ३ स्वास्थ्य चौकी सहयोग सेवा ब्यवस्थापन ले २०% को भार ओगटेको छ .
बर्दघाट नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,कृष्णहरि पौडेल,स्वास्थ्य कार्यालय नवलपरासीका निरज राना लगाएतको उपस्थिती रहेको थियो ।
बर्दघाट नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाशचन्द्र अधिकारीको अध्यक्ष्ँतामा भएको स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले सानातिना वडाले गर्नसक्ने कामहरु गर्न वडा तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले अहिले ६९ प्रतिशत प्रगति गरेको भएपनि आर्काे पटक ७५ प्रतिशत पुग्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भयोे । उहाँले लगुनामा रहेको स्वास्थ्य संस्था पुण्टे भवनमा रहेका कारण पनि समस्या रहेको बताउनु भएको थियो ।
कृष्णहरि पौडेलको सञ्चालन रहेको उक्त कार्यक्रममा सुदिपा शर्माले सहजीकरण गर्नु भएको थियो ।