kalika

प्रीय बर्दघाट,धेरै माया ःअनिल अधिकारी

228

प्रीय बर्दघाट,धेरै माया…
तिमिलाई धेरै माया गरिरहेको छु बिगत लामो समय देखि। अब भने तिमिलाइ मायाले मात्रै नसिङ्गारी तिम्रो इज्जत मान प्रतिस्ठा बढाइ आफ्नो प्रेमलाइ अझ सार्थक तुल्याउन केही कदम चाल्दै छु। आसा छ तिमिले कहिँ कतै नसोची मैले गर्ने प्रेमलाइ स्विकार्दै मलाई साथ दिने छौ। साच्चै एक अबोध २ बर्से बाल्यकालदेखिको तिमिसङ्गको प्रेम आगाध छ। अटुट अनवरत रुपमा तिमिसङ्ग गासेको साइनोले गर्दा आज तिमिसङ्गको प्रेममा खास निखारता आएको छ।
साच्चै बर्दघाट मैले तिम्रो रुपमा र तिमिसङ्ग प्राप्त हुने सुखको रहरमा तिमिसङ्गको प्रेम प्रती लालायित भएको होइन। म त तिमी भित्रका अनेकौ संभावना कुण्ठित भएको देखेर अनि तिमिमाथी भएका बारम्बारका चिर हरणका प्रयासले गर्दा तिमिलाइ बचाउन अनि तिमी हास्दा हास्ने तिम्रा परिवारको खुशिका लागि केही जोडबल गर्न खोज्दै छु। म पनि सायद तिम्रा परिवार खुशी हुँदा मात्रै खुशी हुन सक्ने भएकोले आफ्नो परिवार, काम र अन्य जिम्मेवारी छोडेर केही समय तिमिलाइ खास बलियो बनाउन र तिम्रो सार्थकता र पहिचानका लागि एउटा खास साथ तिमिलाइ दिन खोज्दै छु। मेरो प्रेममा यदि तिमी खोट देख्छ्यौ भने प्रष्ट भन म तिम्रो लागि आफुलाइ हरेक हिसावले सबल बनाउनका लागि तयार छु किन भने मैले तिम्रो वास्तविक संसार देखेको छु र तिमिलाइ तिम्रो गन्तव्यमा पुर्याउनका लागि मेरो भुमिका अहम छ भनेर मैले ढिलै भए पनि बुझेको छु र म त्यो जिम्मेवारी निभाउनका लागि अनेकौं ब्यबधानहरु सहनका लागि तयार पनि छु।

तिमिलाइ तिम्रो गन्तव्यमा पुर्याउनका लागि मेरो भुमिका अहम छ भनेर मैले ढिलै भए पनि बुझेको छु र म त्यो जिम्मेवारी निभाउनका लागि अनेकौं ब्यबधानहरु सहनका लागि तयार पनि छु।

तिमी धेरै समय अलपत्र पर्यौ त्यो हामी सवैले देखेको कुरा हो। तिमी धेरै तात्यौ भनेर शितलताको लागि ठुलै कसरत पनि भयो। मले पनि आफ्नो बलबुताले भ्याए सम्म गरे पनि। तिमी शितलतामा बसेकी चाहिँ छौ जस्तो त लाग्दै छ तर तिमिलाइ लागेको क्रोनिक डिजिजका कारण तिमी धेरै शिथिल बनी सकेकी रहिछौ भन्ने कुरा बिस्तारै बिस्तारै खुल्दै छ। अब तिमिलाइ अप्रेसनको खाचो छ। घाम तापेर शित्तलमा बसेर अब तिमी निको नहुने कुरा तिम्रा परिवारका सवै सदस्यहरुलाइ थाहा छ। उहाँहरु पनि एउटा गतिलो डाक्टरकोमा तिमिलाइ पुर्याउन चाहनु हुन्छ। उहाँहरु तिम्रो लामो आयुको कामना गर्दै हुनु हुन्छ। त्यसैले म तिमी प्रती अत्यन्तै चिन्तित छु र तिम्रो लागि खास जिम्मेवारी लिन चाहन्छु।

म तिमी प्रती अत्यन्तै चिन्तित छु र तिम्रो लागि खास जिम्मेवारी लिन चाहन्छु।

मैले यो भनिरहदा तिमिलाइ केही शंका लाग्नु स्वभाबिक हो। किन भने आज सम्म तिमिलाइ धेरै गिजोले। गलत उपचारले तिम्रो ब्रेन ह्याम्रेज भयो। तिम्रो मुटुको चाल पनि धिकिर धिकिर भयो। तिम्रो पाचन प्रणाली त अत्यन्तै बिकराल बनेको छ। मृगौला नफेरी नहुने भएको छ भने दुवै फोक्साजरु सुकेका छन भन्ने थाहा पाए। तिम्रो कान पनि बैरो बनेको छ भन्दा अझ पिडाबोध गरि रहेको छु। तिमि ब्लड क्यान्सरको प्रारम्भिक चरणमा छौ भन्ने कुरा त तिम्रो परिवारलाइ समेत थाहा दिइएको रहेन्छ। तिम्रा रक्तनलिहरुमा पनि धेरै समस्या आएको रहेछ भन्ने बुझ्नमा आयो। तिम्रो पाचनरसमा आएको ह्रासले तिमिलाइ धेरै गाह्रो भएको रहेछ। कब्जियतले तिमी हैरान परेकी रहिछौ। सुगर र प्रेसरले तिमी पुर्ण रुपमा गलेकी रहिछौ। पित्तथैलीले तिम्रो स्वास्थ्यमा प्रतिकुल असर परेको रहेछ। तिम्रा हात खुट्टा पनि लुला भैसकेका रहेछन। तिमि हाम्रै आँखा अघि यसरी छटपटाएको देख्दा भने अब सहन गर्न गाह्रो भएको छ। तिमीलाइ छहारि दिएको रुखका बुढा हागा काट्न काम लाग्छ भनी राखेको हसियाले पनि राम्रोसङ्ग रुख नछिमले जस्तो लागेको छ। तिम्रा वरपर रहेका मानिसहरुले पनि तिमिलाई खासै गुहार दिएन्छन। तिमिले पनि खुलेर गुहार नमाग्नाले धेरै अलमलमा परेछन। अब भने तिमिलाइ घामछाया मात्रैले सन्चो नहुने देखेर एक छिन त भगवानको प्रार्थना गर्छु भनी घण्टी पनि बजाउन जान सोच्दै थिए तर मन्दिर धेरै टाढा भएको र प्रार्थनाले मात्रै तिमी निको नहुने बुझे पछि त्यसो पनि गर्नतिर लागिन।
प्यारी तिमी जस्ती छौ, जे छौ हाम्रै लापरबाहीले भएकी हौ। मैले पनि तिमिलाइ पूरा समय दिन सकिन हिजो। म आफू परिबन्धनमा थिए। मेरा केही सिमाहरु थिए। म आफू पनि धेरै समस्याहरूले ग्रसित थिए। तिम्रो जिम्मेवारी लिन सक्दिन कि भनेर पछि हटेकै हो। तिम्रा केही दाजुभाइले मसङ्ग तिम्रो जिम्मेवारी लिनका लागि धेरै अघि देखि अनुरोध गर्नु पनि भएको थियो तर मैले आटिन। आज जब मध्यरातमा बिउझिन्छु तब तिम्रो अवस्था सम्झिन्छु। तिमिलाइ लुछेर गाँस भरिरहेका साधु जस्ता देखिने अनेकौं मैमत्ताहरु लमतन्न परेर सुतेको सपना देख्छु। रङ्ग नमिल्नेहरु सवै मिलेर तिम्रो इज्जत लुटेको सपनाबाट बारम्बार बिउझेको छु। फेरि बिपनिमा पनि तिनै वरपर झुम्मिएको देख्दा मन अमिलो भएर आउने गरेको छ। आसा छ अब तिमिले अरु असल मनहरुसङ्ग पनि गुहार माग्ने छौ अनेकौं अप्ठ्याराहरुमा। तिमी मौन बस्ने छैनौ। तिमिले आफ्नो अस्तित्व बचाउन आफू पनि जाग्ने छौ।
बर्दघाट, सायद तिम्रो वकालत बढी गर्दा अनि तिमिलाइ मैले साथ दिन्छु भन्दा केही मनहरु अमिला पनि हुन सक्छन। केहिले मेरा गाँस पनि खोस्न तम्सिने छन। केही मेरा अघिपछी हुन सक्छन। तर म पछि हट्दिन। कारण मैले धेरै रोएको देखेको छु। मैले बारम्बार आफ्नै चीत्कार पनि रोकेको छु। मेरा पाइलाहरुमा धारिला धेरै हतियारहरु प्रयोग भैसकेका छन। मेरा पाइलाहरुमा भ्याए जति काडा राखिसकेका हुन।त्यसैले म कतै चुक्ने छैन।

एउटा कुरा बिश्वास गर म तिमिसङ्ग आखामा आँखा जुधाएर बोल्न नसकेको दिन आँखा चिम्लेको हुने छु सदा सदाका लागि तर तिम्रो इज्जत र स्वाभिमानसङ्ग कुनै खाले सौदाबाजी गर्ने छैन।

पत्र लामो भयो। धेरै बिश्वासका साथ तिमिलाइ माया जताएको छु। तर यसलाइ मायाको प्रदर्शन नमान्नु र तिमिले पनि मेरो माया प्रदर्शन नगर्नु। बस एक खास दिन तिमी मलाई साथ दिनु अरु सम्पुर्ण १८२५ दिन म तिम्रो हरतवरले स्याहार सुसार गर्ने छु। तिमिलाइ एक सुन्दर बिहानिमा बिउझाउने छु जहाँ तिम्रा परिवारका सवै सदस्यहरुले न्यायको श्वास फेरेक हुने छन। तिमिलाइ र मलाई अपमान गर्नेहरु पनि एक सिकाइका साथ आफुलाइ रुपान्तरण गर्ने छन। सम्पुर्ण तिम्रा अङ्गहरुको उचित उपचार गरि तिमिलाइ तन्दुरुस्त पारिने छ। सहि मलम लागाएर सन्चो हुने तिम्रा घाउहरुमा मलम लगाइने छ। क्यान्सर भैसकेको भए अङ्ग काटी फालेर अङ्ग प्रत्यारोपण गरिने छ। मस्तिष्क पहिला ठिक पारिने छ। पाचनप्रणाली राम्रो बनाइने छ भने अन्य सम्पुर्ण अङ्गहरुका फरक फरक वास्तविक डाक्टरसङ्ग चेकजाच गराइ ठिक पारिने छ। तिम्रो स्वास्थ्य हर हालतमा सुधारिने छ। यति प्रढ गर्दै म तिमिबाट आजलाइ ओझेल पर्न चाहे।
अन्तिममा, तिम्रो सवलतालाई गति दिन नसके म अवका केही बर्ष पछि तिम्रो रमिता हेरेर नबस्ने सङ्कल्प बोकेको छु। म हुनु र नहुनुमा एकै हुने दिन आए म तिमिबाट धेरै टाढा गइ न्युनतम कसैलाई प्रेम नगरी बस्ने छु। गुहार नै लिन दिन नपर्ने ठाउमा।
आसाको दियो नजल्ने ठाउमा। माया र प्रेमको स्वाद थाहा नपाउने गाउँमा।

 

तिमिलाइ धेरै माया गर्ने
अनिल
२०८१/०६/०४