kalika

करिव १६ लाखको लागतमा चिसापानी अस्पतालमा चमेनागृह निर्माण

662

कृष्ण ढकाल
बर्दघाट,असोज–५
बर्दघाट नगरपालिका वडा नम्बर –२, चिसापानीको ढिंडारी फाँटमा रहेको चिसापानी अस्पताल (नगर अस्पताल) मा करिव १६ लाखको लागतमा चमेना गृह निर्माण भएको छ । अस्पतालमा आउने सेवाग्राहीहरु र कर्मचारीहरुका लागि सहतजाका लागि उक्त चमेना गृह निर्माण गरी आज एक कार्यक्रमका विच समुद्घाटन गरीएको छ ।

बर्दघाट नगरपालिकाको ६ लाख ९० हजार अनुदान रकम र स्थानिय संघ–संस्था तथा समाज सेवीहरुबाट आर्थिक सहयोग मागेर उक्त चमेना गृह निर्माण गरीएको अस्पतालका गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापाले बताउनुभएको छ ।

टिनको ट्रस्टमा एक कोठा सहित बनाईएको खुल्ला चमेना गृह निमार्णका लागि करिव १६ लाख खर्च भएकोमा ६ लाख ९० हजार नगरको अनुदान र ७ लाख ९ हजार ८ सय ३ रुपैया बिभिन्न संघ–संस्था तथा समाज सेवीहरुबाट संकलन गरीएको चमेना गृहमा राखिएको शिलापत्रमा उल्लेख गरीएको छ । तर शिलापत्रमा उल्लेख भएको बाहेक पनि करिव २ लाख रकम थप संकलन गरी चमेना गृह निमार्णमा नै खर्च भएको थापाले बताउनु भएको छ ।

चमेना गृह निमार्णमा सहयोग गर्नेहरुको नाम र रकम

चिसापानी अस्पताल ब्यवस्थापन समितीका संरक्षक तथा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र संविद्यान सभा सदस्य सिन्धुजलेसा बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको चमेना गृह समुदघाटन कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कुलदिप आचार्य ,  जिल्ला  समनवय समितिका सदस्य धनिराम चौधरी,वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
यता चमेना गृह निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्ण लामिछानेले भने अस्पतालमा चमेना गृह निमार्ण गर्नका लागि शुरुमा आफु खटीएको तर पछि आफुलाई कुनै हिसाब किताबका वारेमा जानकारी नगराएको र समुद्घाटनमा समेत खवर नगरेको बताउनु भएको छ ।
अस्पतालमा चमेना गृह उद्घाटन भएको तस्विर सामाजिक सञ्जालमा देखेर अस्पतालका गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापालाई फोन गर्दा चमेना गृहको उद्घाटन नभै आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम गरीएको भनेर जानकारी पाएको बताउनु भएको छ ।

चिसापानी अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष ईन्द्र सापकोटाले आफ्नो पदवाट राजिनामा दिएपछि अस्पतालको ब्यवस्थापकीय पाटोमा समेत थापाले सहजीकरण गर्दै आउनु भएको छ ।