Sarawal sit lahar Notis

भिमप्रसाद चापागाई(विनय)को खोजीगर्दै नवलपरासी सेवा समाज कतार

147

कृष्ण ढकाल
बर्दघाट,असोज–४
बर्दघाट नगरपालिका वडा नं. ४ निवासी भिमप्रसाद चापागाई(विनय) कतारमा रहदा बिभिन्न संध–संस्था र ब्यीक्तहरुसंग ऋण लिएर सम्पर्क विहिन भएका छन । विगत १८ महिना देखि उनी कार्यरत स्थान कतार र गृह नगर नेपालमा समेत सम्पर्कमा नरहेको भन्दै नवलपरासी सेवा समाज कतारले भिमप्रसाद चापागाई(विनय)को तस्विर सहित विज्ञप्ती जारी गरेको छ ।
नवलपरासी सेवा समाज कतारको सल्लाहकार समेत रहेका चापागाईले उक्त संस्थावाट समेत ऋण लिएको र अन्य ब्यक्तिहरुबाट पनि ऋण लिएर सम्पर्क विहिन भएकाले उनीसंग कसैले पनि आर्थिक कारोवार नगर्न तथा कहि कतै भेटिएमा खवर गर्न भन्दै विज्ञप्ती मार्फत सार्बजनिक अनुरोध गरेको छ ।
नवलपरासी सेवा समाज कतारका अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नं. ४ निवासी दुर्गा हमाल ठकुरी र उक्त संस्थाका महासचिव चन्द्र गुरुङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उक्तकुरा उल्लेख गरीएको छ ।