Sarawal sit lahar Notis

रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले सुस्ता पुगेर संविधान दिवस मनायो

365

कृष्ण ढकाल
बर्दघाट,असोज–३
नेकपा एमाले को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले सुस्ता पुगेर संविधान दिवस मनाएको छ । नेपालको संविद्यान २०७२ जारीभएको सम्झनामा संविद्यान दिवस मनाउनेक्रममा रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले नेपालको सबैभन्दा लामो सुस्ताको झोलुङ्गे पुलको शिरमा नेपाली झण्डा फरहराएर दिवस मनाएको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका जिल्ला अध्यक्ष चिरन्जिबि खराल (रामु)ले बताउनु
छ ।
सुस्ताको झोलुङ्गे पुलको शिरमा नेपाली झण्डा फहराएसंगै उपस्थित सहभागिहरुलाई सम्बोधनगर्दै पार्टीका रिटर्नी फेडेरेसन नेपाल ईन्चार्ज दिपक गैरेले जिल्लाका सबैरिटर्नीहरुलाई एकबद्ध गराएर उनीहरुको दक्षता र सिपको कदरहुनेगरी समृद्ध समाज निमार्णमा लाग्न आग्रह गर्नु भएको थियो ।
विदेशमा रहदा सिकेको सिप,ज्ञान र दक्षातालाई आफ्नो गाउँटोलमा प्रयोग गर्ने वातावरण बनाउन रिटर्नी फेडेरेसन नेपाल नवलपरासी लाग्नु पर्ने धारणा राख्नु भएको थियो । उहाँले रिटर्नीहरुलाई कामगर्ने वातावरण बनाउनका लागि स्थानिय,प्रदेश र संघिय सरकारसंगै राजनितिक दलहरुसंग सहकार्य गर्न जरुरी रहेको गैरेको भनाई रहेको थियो ।
सोही अवसरमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज यादव अर्याल,जिल्ला अध्यक्ष चिरन्जिबि खराल (रामु),कोषाध्यक्ष रितु वस्ती, सुस्तापालिका अध्यक्ष भुपराज अधिकारी,खगेन्द्र अर्याल राजु,धर्मागत पाण्डे,बर्दघाट नगर अध्यक्ष तिलबहादुर पुन,रामग्राम नगर अध्यक्ष अब्दुल रज्जाक लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

नेपालको इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै नेपालको संविद्यान २०७२ जारीभएको थियो । अहिले ९ औं नेपालको संविद्यान दिवस मनाईएको हो ।
जनताले चुनेका जनप्रतिनिधिले ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार गर्दै २०७२ अशोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइदै आइएको छ । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। पछिल्लो समय नेपालको संविधान २०७२जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ।