कृष्ण ढकाल
बर्दघाट,असोज–३
सूर्यज्योती लाइफ ईन्स्योरेन्यस पश्चिम नवलपरासीको परासी शाखाले आज सुनवलमा अभिकर्ता उत्पेरणा ,सम्मान तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा प्रबन्धक सानीमाया भट्टराईको अध्यक्षता र सूर्यज्योती लाइफ ईन्स्योरेन्यसका लुम्बिनी प्रदेश प्रमुख शुसील चापागाईको प्रमुख आतिथ्यतामा भएको अभिकर्ता उत्पेरणा तथा अवार्ड वितरण कार्यक्रममा क्षेत्रीय प्रमुख विकाश अधिकारी,परासी शाखाका एजेन्सी म्यानेजर अम्जत अली अन्सारी र परासी शाखा अन्र्तगतका अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
सुनवलको सोमनाथ पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा शाखाले अभिकर्ताहरुलाई बिभिन्न प्रकारका अवार्डहरुले सम्मान तथा पुरस्कृत गरेको थियो ।
सोही कार्यक्रममा बोल्दै सूर्यज्योती लाइफ ईन्स्योरेन्यसका लुम्बिनी प्रदेश प्रमुख शुसील चापागाईले कम्पनीले ल्याएका सबै योजनाहरु अभिकर्ताले पुरा गर्न नसकेपनि अभिकर्ताहरुको मिहनतलाई खेरजान नदिनेगरी कम्पनीले सम्मान गर्ने गरेको बताउनु भएको थियो । उहाँले सबैले मिहनत गरेका कारण अहिले कम्पनीको छुट्टै पहिचान बन्न पुगेकोले अझ बढी लागेर बढी कमाउने र रमाने तर्फ लाग्न अनुरोध गर्नु भएको थियो ।
त्यसैगरी सोही अवसरमा सूर्यज्योती लाइफ ईन्स्योरेन्यस कम्पनीले अहिले चार्डपर्वहरुलाई लक्षीत गरेर अघि सारेका बिभिन्न अफरहरु सहित कम्पनीको नयाा योजना र चाहनाका वारेमा सूर्यज्योती लाइफ ईन्स्योरेन्यसका क्षेत्रीय प्रमुख विकाश अधिकारीले सहजीकरण सहितको प्रशिक्षण गर्नु भएको थियो ।
त्यसैगरी शाखाका एजेन्सी म्यानेजर अम्जत अली अन्सारीले कम्पनीका लागि दिएको समय र त्यसको परिणामका आधारमा कम्पनीले दिने गरेको बोनस प्रभावकारी रहेको बताउदै खटेर लाग्नेहरु कम्पनीमा अटेर कमाउने गरेको उदाहरण प्रस्तुत गर्नु भएको थियो भने शाखा प्रबन्धक सानीमाया भट्टराईले अभिकर्ता सबैलाई धनवाद दिदै शाखालाई थप प्रभावकारी बनाउन सबैसंग आग्रह गर्नु भएको थियो । अस्मिता ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृष्ण ढकालले गर्नु भएको थियो ।