Sarawal sit lahar Notis

दिब्यशक्ति आमा समुहको अध्यक्षमा पुनःशान्ति पोखरेल(पौडेल)

370

कृष्ण ढकाल
बर्दघाट,असोज – १

समाजको विकास गर्न आमा र बाउ समूह भनेर बिभाजित नभै सबै एक भएर लाग्न जरुरी रहेको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका सदस्य धनिराम चौधरीले बताउनु भयको छ । बर्दघाट नगरपालिका वडा नं २ मा रहेको दिब्यशक्ति आमा समुहको १० ओैँ वार्षिकोत्सब तथा तेस्रो अधिबेशनलाई सम्बोधनगर्दै चौधरीले उक्तकुरा बताउनुभएको हो । उहाँले हरेक टोल र वडामा विकासका योजना जनप्रतिनिधिहरुले लैजादा मिलायर लैजाने गरेको बताउदै आफुले पनि आफ्नोतर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबधाता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा नं २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले आफ्नो वडामा सबै भन्दा बढि क्रियाशीलता र जागरुक्ता हुनेमहिला समूह दिब्यशक्ति आमा समुह रहेको बताउदै सामाजिक कार्यमा अझबढी सक्रिय भएर लाग्न आग्रह गर्नु भयको थियो ।
वडामा रहेका आमा समुहहरु सबै दर्ता नभएका कारण सबैलाई सहयोग गर्न नसकिने अवस्था रहेको जानकारी दिदै दर्ता भएका समुहहरुलाई आलोपालो गरी वडावाट बजेट विनियोजन गर्ने गरेको बताउनु भएको थियो ।

अध्यक्ष क्ष्ँेत्रीले बर्दघाट नगरपालिका वडा नं २ मा तराईका ७ वटा टोल र पहाडका ६ वटा टोलगरी १३ वटा रहेको जानकारी गराउदै ती सबै टोलहरु मध्ये तराईका ७ वटा र पहाडका २ वटा टोलमा मात्र सामुदायि भवन बनाएको बताउनु भयो । त्यसैगरी दर्ता रहेका क्लबहरु वडा मा ३ वटा मात्र रहेको र उनीहरुलाई पनि सक्दो सहयोगर्दै अघिबढेको क्षेत्रीको भनाई थियो ।

कार्यक्रममा वडा नं. २ मा स्वास्थ्य स्वयमसेवीका भएर सेवा निवृत्त हुनुभएकी समुहकी सल्लाहकार संयोजक दधिकला पौडेल र समुहका पूर्व अध्यक्षहरु मन्दरी राना मगर,सुकमाया घले,यानु बराल,देवि भुषाल,राजकुमारी गुरुङ र तिलकुमारी गुरुङलाई सम्मान समेत गरीएको थियो ।

सम्मानित गरीएका ब्यक्तिहरु

दिब्यशक्ति आमा समुहकी अध्यक्ष शान्ति पोखरेल ( पौडेल)को अध्यक्षता र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,बर्दघाट नगरपालिका वडा न. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,निर्वमान वडाध्यक्ष दया दर्लामी,चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोहन गुरुङ,कोषाध्यक्ष राधा ढकाल,शान्ति ज्योती युवा क्लबका अध्यक्ष विशाल श्रेष्ठ,टोल विकास संस्थाका अध्यक्ष ओमबहादुर श्रेष्ठ,दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लालु गिरी,बाउपाटी समुहका अध्यक्ष शसबहादुर पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
आमा सम्ुहकी सचिव पार्वती काफ्ले (पौडेल)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

दिब्यशक्ति आमा समुहको अध्यक्षमा पुनःशान्ति पोखरेल

नयाँ कार्यसमिति सामुहिक तस्विर लिदै

दिब्यशक्ति आमा समुहको १० ओैँ वार्षिकोत्सब तथा तेस्रो अधिबेशनले शान्ति पोखरेल ( पौडेल)को पुनःनेतृत्व रहने गरी ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा आज भएको तेस्रो अधिबेशनले शान्ति पोखरेल ( पौडेल)को अध्यक्षतामा पुनः नयाँ कार्य समिति सर्बसम्वत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक दधिकला पौडेलले जानकारी गराउनु भएको छ ।
समुहको उपाध्यक्षमा तेजकुमारी क्षेत्री,सचिवमा पार्वती काफ्ले (पौडेल) ,कोषाध्यक्षमा गीता के.सी. (पौडेल) र सह–सचिवमा सीता भुषाललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा निलकुमारी चापागाई,सुनिता कठरीया (चौधरी),रुपा क्षँेत्री,रुपा वि.क.,धनमाया गुरुङ रहनु भएको छ ।
अध्यक्षमा पुनः निर्वाचीत भएसँगै अध्यक्षको प्रतिवद्धता जाहेर गर्ने क्रममा अध्यक्ष्ँ पोखरेलले महिलाहरुले समाज सुधारन चाहे सम्भव रहेको बताउदै समाज सुधारका लागि आफ्नो टिम कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी समाजका हरेक महिलाहरुको हक अधिकार र कर्तब्य बोध गराउने देखि महिलाहरुलाई जागरुक र सचेत पार्ने काममा आफु र आफ्नो टिम लागि पर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले महिलाहरु घरका कामहरुमा मात्र सिमित हुने बानीको अन्त्य गर्न र सामाजिक कार्यमा सहभागिता जनाउने , नेतृत्व लिन सक्नेगरी सक्षक बनाउने र आर्थिक रुपमा आत्म निर्भर बनाउने तर्फपनि आफ्नो समुह केन्द्रित हुने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।