Sarawal sit lahar Notis

जिमिरेभारमा “डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न

328

पप्पु रेग्मी

बर्दघाट, भदौ ३०
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नम्बर ७ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा “डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम” जिमिरेभारमा  सम्पन्न भएको छ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ काे आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे कार्यालय प्रमुख गायत्री पाैडेल पाेखरेलकाे संयाेजकत्वमा जिमिरेभारकाे विभिन्न टोलमा गएर डेङ्गु रोग नियन्त्रण गर्न र डेङ्गाे बाट बच्ने उपाय सम्बन्धि जानकारी गराई व्यानर सहित स्वास्थ कार्यालय बाट सरसफाइकाे काम शुरूवात गर्दै पाेखरि टाेल, समावेशी टाेल, जिमिरेभार बजार, त्रिनेश्वर टाेल, जिमिरेभार गाउँ लगाएका स्थानमा परिक्रमा गर्दै जलेकाे माेविलकाे छर्केर पानी जमेको स्थानमा खाल्टाखुल्टीहरूकाे सरसफाइ गरिएको थियोे ।
कार्यक्रममा जिमिरेभारमा रहेका विभिन्न संघ संस्था, टाेल विकास समितिका प्रतिनिधि, वडाका जनप्रतिनिधि, सामुदायिक महिला स्वयं सेविका, अामा समुह, संचारकर्मी तथा स्थानीय समाजसेवीहरूकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम सभ्य र भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र ७ को कार्यालय प्रमुख पाैडेल पाेखरेलले सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिनुभएको थियोे ।