Sarawal sit lahar Notis

धार्मिक सहिष्णुता र सदभाव नै नेपाल र नेपालीको पहिचान हो ः उपराष्ट्रपति यादव

330

परासी,भदौ–२८
धार्मिक सहिष्णुता र सदभाव नै नेपाल र नेपालीको पहिचान भएको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनु भएको छ।

ओलमा काउन्सिलले पश्चिम नवलपरासीको परासीमा आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्तकुरा बताउनु भएको हो । बिश्वमा नेपाललाई धार्मिक सद्भावको नमुना देशका रुपमा चिनिएको बताउँदै उपराष्ट्रपति यादवले सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले सम्मान र आत्मसाथ गरेर अगाढी बढनुपर्नेमा जोड दिनुभएको थियो ।

सत्यको पालन गर्नु र ईमानदारीका साथ जीवन निर्वाह गर्नु, समाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उहाँको भनाई रहेको थियो ।

१४९९ औं मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, ईस्लाम, बौद्ध, क्रिस्चियन लगायतका धर्मगुरु सहभागी सम्मेलनमा देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी धार्मिक गुरुहरुले एक धर्मले अर्को धर्मलाई सम्मान र भातृत्वको रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।