Sarawal sit lahar Notis

दिब्यज्योती बहुमुखि क्याम्पसमा कक्षा १२ ले कक्षा ११ का बिधार्थीहरुलाई स्वागत गरे

525

कृष्ण ढकाल
बर्दघाट,भदौ–२८
दिब्यज्योती बहुमुखि क्याम्पस बर्दघाट–२,चिसापानी कक्षा १२ का बिधार्थीहरुले कक्षा ११ का बिधार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेका छन ।
क्याम्पस ब्यवस्थापन समितिका सदस्य तथा प्लस टू संयोजक सुवास जि.सी.को अध्यक्षता र क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा क्यम्पस प्रमुख सागरमणी पाण्डे,क्याम्पस ब्यवस्थापन समितिका सदसय तथा स्ववियु सभापति किरण बस्याल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिद्यार्थी नेता किरण बस्याल,शुस्मा रेग्मी पूर्व क्याम्पस प्रमुख कृष्णवन्धु पौडेल लगाएतले आ–आफ्ना भनाइ राखनु भएको थियो । नवलपरासी जिल्लाकै शैक्षिक गन्तब्यका रुपमा क्यू.ए.ए. प्राप्त गरेको दिब्यज्योती बहुमुखि क्याम्पस प्रविधि मैत्रि गुणस्तरीय शिक्षा दिन सफल भएसंगै यो बर्ष नेपालमा नै आफ्नो नाम राख्न सफल भएको कार्यक्रममा बोल्ने बक्ताहरुले चर्चा गरेका थिए ।