Sarawal sit lahar Notis

२०२२ सालको नवलपरासी किसान आन्दोलन महत्वपूर्ण थियो ः खनाल

347

कृष्ण ढकाल
बर्दघाट,भदौ–२८
नेकपा एमालेको जनबर्गिय संगठन भुमि अधिकार तथा श्रमिक संगठन नेपाल बर्दघाट नगरकमिटिको प्रथम र अखिल नेपाल किसान महासंघ बर्दघाट नगरकमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बर्दघाटमा भएको उक्त अधिवेशनले दुई छुट्टा छुट्टै नगर कमिटि चयन गरेको छ ।

अखिल नेपाल किसान महासंघ बर्दघाट नगरकमिटिको नेतृत्व सम्हाल्न अध्यक्षमा धर्मागत पौडेल चयन हुनु भएको छ भने भुमि अधिकार तथा श्रमिक संगठन नेपाल बर्दघाट नगरकमिटिको नेतृत्व सम्हाल्न अध्यक्षमा नर बहादुर क्षेत्री चयन हुनु भएको छ ।

अखिल नेपाल किसान महासंघ बर्दघाट नगरकमिटिको अध्यक्षमा धर्मागत पौडेल चयन भैरहदा उपाध्यक्षमा लक्ष्मी कुमारी विक र मिनदत्त पौडेल रहनु भएको छ भने सचिवमा सिर्जना देवि कोइराला तथा उप सचिवमा कृष्ण प्रसाद भण्डारी र कोषाध्यक्षमा बाबुराम पौडेल रहनु भएको १७ सदस्य नगरकमिटि चयन भएको छ ।
यता
भुमि अधिकार तथा श्रमिक संगठन नेपाल बर्दघाट नगरकमिटिको अध्यक्षमा नर बहादुर क्षेत्री उपाध्यक्षमा पशुपति पोखरेल र साबित्रा दबकोटा रहनु भएको छ भने सचिवमा सृजना आचार्य र उपसचिव बुद्ध तामाङ , रेखा कुमारी बि.क. र कोषाध्यक्ष कृष्णप्रसाद बस्याल रहनु भएको १७ सदस्य नगर कमिटि चयन भएको छ ।

किसान महासंघका नगर अध्यक्ष चिरन्जीवि सुवेदीको अध्यक्ष्तामा भएको कार्यक्रममा बोल्दै पार्टीका स्कूल विभागका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बद्री खनालले भुमिको अवस्था र त्यसको उपभोग गर्ने ब्यक्तिहरुको अवस्थाका वारेमा तथ्याङ्क सहितको विवरण तयार गर्न आग्रह गर्नु भएको थियो । त्यसैगरी नवलपरासीको राजनितिक परिवर्तन र जनमुखिपार्टी बनाउनका लागि २०२२ सालको नवलपरासीको किसान आन्दोलनले निक्कै महत्पूर्ण योगदान गरेको स्मरण गराउनु भएके थियो ।

त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले अहिले सबै किसानहरु परनिर्भर रहेको बताउदै आत्म निर्भर हुनका लागि उत्पादनमा जोडिनु पर्ने धारण राख्नु भएको थियो ।

त्यस्तै किसान महासंघका नेता राजन आचार्यले कृषिमा आबद्ध भएर आफै उत्पादनमामा जोडिएर अघि नबढ्ने कुनै पनि जनप्रतिनिधिहरुले जनताका समस्या बुझ नसक्ने धारणा राख्नु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै रामप्रसाद पौडेलले हलो र थलो छोड्नेहरुबाट कृषीको बारेमा आशा गर्न नसकिने बताउनु भएको थियो ।

सारदा पोखरेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमका सञ्चालन भुमि अधिकार तथा श्रमिक संगठन नेपालका सचिव चनबहादुर गाहाले गर्नु भएको थियो । कार्यक्रममा पार्टीप्रदेश कमिटिका पुन्यप्रसाद पौडेल,रामबहादुर भण्डारी,फुलकुमारी गिरी लगाएत जिल्ला,नगर र वडाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।